ईपीएल अक्सनमा ९० खेलाडी, सन्दिप र आरिफ पनि ग्रेड ‘ए’ मा

  • विकेटनेपाल, कार्तिक ५ 

एभरेस्ट प्रिमियर लिग ( ईपीएल ) टि-२० प्रतियोगिताको अक्सन सोमबार हुँदैछ।

विकेटनेपाललाई प्राप्त जानकारी अनुसार राजधानीको अन्नपूर्ण होटलमा बिहान १० बजे देखि सुरु हुने अक्सनमा नाम दर्ता गरेका १६० जना मध्येबाट ९० जना खेलाडीलाई मात्र समाबेस गरिदैछ ।

अक्सन चल्दै गर्दा मिडियाहरुलाई प्रवेश दिईने छैन । आयोजकद्वारा जारि प्रेस बिज्ञप्ति अनुसार अक्सन समाप्त भएपछि बेलुकाको ४ बजे पत्रकार सम्मेलनमार्फत सम्पूर्ण जानकारी गराइनेछ।  टिम मालिक, प्रशिक्षक, टिम म्यानेजर तथा टिमको मार्की खेलाडी अक्सनमा सहभागी हुने छन् ।

अक्सनमा सहभागी गराइने ९० जना खेलाडीलाई ए,बि र सी गरि ३ वटा ग्रेडमा बिभाजन गरिएको छ।

ग्रेड ‘ए’ मा रास्ट्रिय टिमको लागि कम्तिमा ३ बर्ष खेलेका खेलाडीहरु मात्र समावेश गर्ने भनिएको भएता पनि पछिल्लो समय रास्ट्रिय टिममा निरन्तर खेलाडी सन्दिप लामिछाने र आरिफ शेखलाई पनि ‘ए’ ग्रेडमै समावेश गरिने ईपीएल आयोजकले बताएको छ ।

ग्रेड ‘बि’ मा उमेर समुह क्रिकेटमा ( यु-१६, यु-१९, यु-२१, यु-२३ ) नेपालको प्रतिनिधित्व गरेको खेलाडी र कम्तिमा ३ वटा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता खेलेको खेलाडी रहनेछन् । यस्तै ग्रेड ‘सी’ मा नेपालको रास्ट्रिय क्रिकेट प्रतियोगिता खेलेका अथवा पछिल्लो ५ बर्ष सिनियर स्तरको घरेलु क्रिकेटमा सहभागिता जनाएका खेलाडीहरु  रहनेछन् ।

ईपीएल मार्की खेलाडीहरु टिम मालिकहरुसंग

डिसेम्बरमा हुने प्रतियोगितामा कुल ६ टिम सहभागी हुने छन्। ईपीएलमा काठमाडौँ किंग्स ११ , ललितपुर प्याट्रियट्स, बिराटनगर वारियर्स, भैरहवा ग्लाडीएटर्स, पोखरा राइनोज र चितवन टाइगर्स गरी प्रतियोगितामा सहभागी छन् । काठमाडौँ किंग्स ११ को मार्की खेलाडी सोमपाल कामि रहेकाछन्, ललितपुर प्याट्रियट्सको मार्की ज्ञानेन्द्र मल्ल, बिराटनगर वारियर्सको मार्की पारस खड्का, भैरहवा ग्लाडीएटर्सको मार्की शरद भेसावकर, पोखरा राइनोजको मार्की शक्ति गौचन तथा चितवन टाइगर्सको मार्की दिपेन्द्र ऐरी रहेकाछन् ।

अक्सनमा एउटा टिमले सबै खेलाडी खरिद गर्न रु. १० लाख सम्म खर्च गर्न पाउने छन्।

अक्सनमा ग्रेड अनुसार खेलाडी खरिदको नियम 

ए’ ग्रेड

  • ‘ए’ ग्रेडबाट एउटा टिमले कम्तिमा ३ र बढीमा ५ जना खेलाडी १५ जनाको टिममा अनिवार्य लिनुपर्नेछ ।
  • ए ग्रेडको खेलाडीको निम्नतम मूल्य ( बेस प्राइस ) रु. १ लाख हुनेछ ।
  • ए ग्रेडको खेलाडीको अधिकतम मूल्य ( सिलिंग ) रु. १ लाख ७५ हजार रुपैयाँ हुनेछ ।

‘बि’ ग्रेड 

  • एउटा टिमले ‘बि’ ग्रेडबाट कम्तिमा ४ जना खेलाडीहरु १५ जनाको टिममा अनिवार्य लिनुपर्नेछ ।
  • यो ग्रेडको खेलाडीको निम्नतम मूल्य ( बेस प्राइस ) रु. ७५ हजार हुनेछ ।
  • यो ग्रेडको खेलाडीको अधिकतम मूल्य ( सिलिंग ) रु. १ लख २५ हजार रुपैयाँ हुनेछ ।

‘सी’ ग्रेड 

  • ‘ए’ र ‘बि’ ग्रेडको खेलाडीहरु अक्सनमा किनीसकेपछि १५ जनाको टिम पुरा गर्न बाँकी रहने खेलाडीहरु यो ग्रेडबाट किन्न सक्नेछन् ।
  • यो ग्रेडको खेलाडीको निम्नतम मूल्य ( बेस प्राइस ) रु. ५० हजार हुनेछ भने अधिकतम मूल्य ( सिलिंग ) रु. ७५,००० हुनेछ ।
  • टिमहरुले १ जना बिशिस्ट घरेलु क्रिकेटर आफ्नो अनुरोधमा अक्सनमा समाबेस गर्न पाउनेछ ।

सम्बन्धित 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy