खल्लो बन्यो ईपीएल पहिलो दिन : पढ्नुस के-के भयो ( फोटो सहित )

WaiWai EPl

बहुप्रतिक्षित क्रिकेट प्रतियोगिता एभेरेस्ट प्रिमियर लिगको सुरुवात वर्षाले खल्लो बनाएको छ  । बिशाल वारियर्स र कान्तिपुर गोर्खा बीच उद्घाटन खेल मात्रै हैन प्रतियोगिताको औपचारिक उद्घाटन पनि वर्षाले अबरुद्ध बनायो  ।

पहिलो खेल नभएपछि वारियर्स र गोर्खाले १/१ अंक बाँडे  । पानि रोकिने र खेल सुचारु हुने आशामा दिनभर बसेका खेलाडी तथा समर्थकहरुको पर्खाई निराशामा बदलियो  ।

१२:३० बजे हुने खेलको टस समेत हुन पाएन  । त्यसभन्दा अघि गायक दिपक बज्राचार्यको सांगीतिक प्रदर्शन तथा उद्घाटन कार्यक्रम पनि समयमा हुन पाएन l १२ बजे बाट पर्न सुरु गरेको मुसलधारे पानी लगातार २ घण्टा परेपछि टियु मैदान जलमग्न हुन पुगेको थियो  ।

img_4921

२ बजे पछि पानी थामिएपनि मैदानमा पानि नसुकेपछि ३ बज्दा म्याच रेफ्रीले खेल रद्द भएको घोषणा गरेका थिए  । खेल अबरुद्ध भएपछि मैदानमा गायक दिपक बज्राचार्यले संगीतिक प्रदर्शनी गरेका थिए  ।

img_5095

९-१० बजे देखिनै मैदानमा दर्शकहरुको उल्लेख्य उपस्थिति भएपनि भारि वर्षा पश्चात दर्शक संख्या घटेको थियो l बेलुका सम्म पनि उल्लेख्य संख्यामा दर्शकहरु खेल हुने पर्खाईमा बसेका थिए  ।

img_4946

त्यसभन्दा अघि खेलकुद मन्त्रि दलजित श्रीपालीले प्रतियोगिताको औपचारिक उद्घाटन गर्नु भएको थियो  । सबै टिमका कप्तानले आफ्नो आफ्नो टिमको झन्डा फहराउदै प्रतियोगिताको सुरुवात गरेका थिए  ।

img_4995

प्रतियोगिता अन्तर्गत आइतबार पहिलो खेलमा बिहान ९:३० बजे  पन्चकन्या तेज र जगदम्बा राइनो तथा दोश्रो खेलमा  १:१५ बजे सगरमाथा लेजेंड्स र कान्तिपुर गोर्खा प्रतिस्पर्धा गर्नेछन्  ।





थप समाचार

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]