नेपालको सुधारिएको प्रदर्शन, झिनो अन्तरले पराजित

सुधारिएको प्रदर्शन गर्दै जितको नजिक पुगेर नेपाली महिला क्रिकेट टिम महिला बिश्वकप क्रिकेट छनौटको एसिया छनौट प्रतियोगिता अन्तर्गत दोश्रो खेलमा पराजित हुन पुगेको छ l

स्कोरकार्ड हेर्नुस 

पहिलो इनिंगमा टस ब्याटिंग गर्दै नेपालले तयार गरेको ७६ रनको कुल योगफल थाईल्याण्डले ७ विकेट नोक्सानीमा पार गर्यो l

थाईल्याण्ड एकसमय ५१/७ को खराब स्थितिमा थियो तर त्यसपछि नेपालले विकेट खसाल्न नसक्दा नतिजा सुम्पनु पर्यो l आठौ नम्बरकि ब्याट्सवुमन चन्दिना सुथिरुआंगले अविजित २३ तथा नवौ नम्बरकि वोनपाका लेंगप्रासेर्टले अविजित १० रन बनाउदै नेपालको जित खोसे l

नेपालको लागि बलिंग र ब्याटिंग तर्फ निर्मला शाहीले उत्कृस्ट प्रदर्शन गरिन् l ब्याटिंग तर्फ ३६ रन बनाएकी शाहीले ४ चौका प्रहार गर्दै नेपाललाई सम्मानजनक स्कोर बनाउन महत्वपूर्ण योगदान दिएकी थिईन् भने बलिंग तर्फ ३ विकेट लिंदै खेलमा नेपालको सम्भावना बढाएकि थिईन् l ४ ओभरको स्पेलमा उनले २ मेडन ओभर सहित मात्र ७ रन खर्चिन् l

बलिंग तर्फ सरिता मगरले २ तथा रुबिना क्षेत्रीले १ विकेट हात पारिन् l

पहिले ब्याटिंग गरेको नेपालले खराब सुरुवात गर्यो र लगातार विकेट गुमाएको थियो l निर्मला शाहीले ३६ बनाउनु बाहेक अन्य कसैले पनि दोहोरो अंकमा रन स्कोर गर्न सकेनन् l

नेपालका ४ जना खेलाडी रनआउट हुनु पनि ब्याटिंग असफलताको महत्वपूर्ण कारण बन्न पुग्यो l

नेपाल पहिलो खेलमा हंगकंग संग ६ विकेटले हारेको थियो l आजै सम्पन्न अर्को खेलमा हंगकंगले चिनलाई ४० रनले पराजित गर्यो l  नेपालले भोलि चिन संग खेल्नेछ l

 

( फोटो – राजु घिसिंग , ट्वीटर )

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]