नेपालको सुधारिएको प्रदर्शन, झिनो अन्तरले पराजित

सुधारिएको प्रदर्शन गर्दै जितको नजिक पुगेर नेपाली महिला क्रिकेट टिम महिला बिश्वकप क्रिकेट छनौटको एसिया छनौट प्रतियोगिता अन्तर्गत दोश्रो खेलमा पराजित हुन पुगेको छ l

स्कोरकार्ड हेर्नुस 

पहिलो इनिंगमा टस ब्याटिंग गर्दै नेपालले तयार गरेको ७६ रनको कुल योगफल थाईल्याण्डले ७ विकेट नोक्सानीमा पार गर्यो l

थाईल्याण्ड एकसमय ५१/७ को खराब स्थितिमा थियो तर त्यसपछि नेपालले विकेट खसाल्न नसक्दा नतिजा सुम्पनु पर्यो l आठौ नम्बरकि ब्याट्सवुमन चन्दिना सुथिरुआंगले अविजित २३ तथा नवौ नम्बरकि वोनपाका लेंगप्रासेर्टले अविजित १० रन बनाउदै नेपालको जित खोसे l

नेपालको लागि बलिंग र ब्याटिंग तर्फ निर्मला शाहीले उत्कृस्ट प्रदर्शन गरिन् l ब्याटिंग तर्फ ३६ रन बनाएकी शाहीले ४ चौका प्रहार गर्दै नेपाललाई सम्मानजनक स्कोर बनाउन महत्वपूर्ण योगदान दिएकी थिईन् भने बलिंग तर्फ ३ विकेट लिंदै खेलमा नेपालको सम्भावना बढाएकि थिईन् l ४ ओभरको स्पेलमा उनले २ मेडन ओभर सहित मात्र ७ रन खर्चिन् l

बलिंग तर्फ सरिता मगरले २ तथा रुबिना क्षेत्रीले १ विकेट हात पारिन् l

पहिले ब्याटिंग गरेको नेपालले खराब सुरुवात गर्यो र लगातार विकेट गुमाएको थियो l निर्मला शाहीले ३६ बनाउनु बाहेक अन्य कसैले पनि दोहोरो अंकमा रन स्कोर गर्न सकेनन् l

नेपालका ४ जना खेलाडी रनआउट हुनु पनि ब्याटिंग असफलताको महत्वपूर्ण कारण बन्न पुग्यो l

नेपाल पहिलो खेलमा हंगकंग संग ६ विकेटले हारेको थियो l आजै सम्पन्न अर्को खेलमा हंगकंगले चिनलाई ४० रनले पराजित गर्यो l  नेपालले भोलि चिन संग खेल्नेछ l

 

( फोटो – राजु घिसिंग , ट्वीटर )

 

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy