नेपालको शानदार जित ( भिडियो सहित )

अमेरिका हस्टनमा सुरु भएको टु एक्स क्रिकेट युएसए कपको पहिलो खेलमा नेपालले ७ विकेटको शानदार जित हात पारेको छ l

मोन्टगोमेरी स्पोर्ट्स म्यानेजमेन्ट ( एमएस एम इंग्ल्यान्ड ) संग नेपालले टस जितेर पहिले फिल्डिंग गर्ने निर्णय लियो l पहिलो १० ओभरमा एमएसएमले ६५ रन बनाउन सक्यो l

त्यसपछि ब्याटिंग गर्न आएको नेपाली राइनोजले १० ओभरमा १ विकेट गुमाई ७२ रन बनाउदै पहिलो इनिंगमा ७ रनको अग्रता लियो l ७ रनले नेपाल भन्दा पछि परेको एमएसएमले आफ्नो दोश्रो इनिंगको १० ओभरमा ४९ रन मात्र योगफलमा जोड्न सक्यो l एमएसएमले २० ओभरमा ११४/८ को स्थितिमा आफ्नो दोश्रो इनिंग समाप्त गर्यो र नेपाललाई ४३ रनको लक्ष दियो l

अन्तिम १० ओभरमा ४३ रनको लक्ष नेपालले सातौ ओभरमा कुल ३ विकेट गुमाउदै पछ्यायो l14963160_10153859606047373_928574331615120511_n

नेपालको लागि सुबास खकुरेलले सर्बाधिक ४९ रनको योगदान दिएका थिए l ओपनिंग गर्न आएका राकेश कर्णले २० रन बनाए l कप्तान पारस खड्काले छक्का प्रहार गर्दै नेपाललाई जिताउने क्रममा अविजित १५ रन बनाए भने वेस्ट इन्डिज रास्ट्रिय क्रिकेटर समेत रहेका शन फिंडले ८ रनमा अविजित रहे l शरद भेसावकरले १९ रन योगदान दिए l

बलिंग तर्फ नेपालको लागि सोमपाल कामिले सर्बाधिक ३ विकेट तथा शन फिंडलेले २ विकेट हात परे l शरद भेसावकर, पारस खड्का र बसन्त रेग्मीले १/१ विकेट आफ्नो नाम गरे l

नेपालले आफ्नो दोश्रो खेल आज युएई फाल्कोन्स संग खेल्नेछ l खेल राति १२:४५ बजे सुरु हुने बताईएको छ l

समुह ‘ए’ अन्तर्गत हिजो भएको अर्को खेलमा युएई फाल्कोन्सले समरसेट कभालियर्सलाई ४ विकेटले पराजित गर्यो l नेपालको समुहमा एमएसएम. इंग्ल्यान्ड, युएई फाल्कोन्स र समरसेट कभालियर्स रहेका छन् l यस्तै समुह ‘बि’ मा पाकिस्तान फर्स्ट , स्मार्ट चोईस स्पोर्ट्स क्लब, अन्डरडग, हस्टन स्पार्कस रहेका छन् l

प्रतियोगिताको बिजेता टिमले ६० हजार अमेरिकी डलर तथा मित्सुबासि कार पाउनेछ l

https://www.youtube.com/watch?v=nV_WmANsAis

के हो टु-एक्स क्रिकेट  ? 

अमेरिकामा क्रिकेट खेलको प्रबर्धन गर्न बिभिन्न प्रयास भइरहेको माहोलमा टि-२० क्रिकेटलाई टेस्ट क्रिकेट जस्तो इनिंगमा बिभाजन गरेर खेलाईने क्रिकेट टु-एक्स क्रिकेट हो l २०-२० ओभर भएपनि यसमा भने १०/१० ओभरको ४ वटा इनिंग हुन्छ l पहिले ब्याटिंग गर्ने टिमले १० ओभर खेल्छ भने त्यसपछि अर्को टिमले १० ओभर ब्याटिंग गर्छ l त्यसपछि पुनः पहिले ब्याटिंग गर्ने टिमले अर्को १० ओभर ब्याटिंग गर्दै २० ओभर पुरा गर्छ र लक्ष निर्धारण गर्छ त्यसपछि दोश्रो ब्याटिंग गर्ने टिमले लक्ष पछ्याउछ l

टेस्ट क्रिकेट जस्तै यो फर्म्याटमा लिड गर्ने , फलो-अन, ४ वटा इनिंग हुने भएकोले क्रिकेटको परम्परागत स्वरूपलाई पनि समेट्ने र आधुनिक फटाफट टि-२० क्रिकेट पनि हुनाले यो फर्म्याट मनोरञ्जनात्मक हुने विश्वास लिईएको छ l

यो पनि पढ्नुस :- 

नेपाली टिममा २ अन्तरास्ट्रिय क्रिकेटर 

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy