नेपाली राइनोजलाई उपाधि , ६० हजार अमेरिकी डलर हात पार्यो

nepali rhinos cricket club

नेपाली राइनोज क्रिकेट क्लबले टु-एक्स क्रिकेट युएसए कपको उपाधि जितेको छ ।

मुसा क्रिकेट स्टेडीयममा सम्पन्न फाइनल खेलमा हस्टन स्पार्क्सलाई ५४ रनको भारी अन्तरले पराजित गर्दै राइनोजले उपाधि सहित ६० हजार अमेरिकी डलर र २० हजार डलर बराबरको मित्सुबासि कार आफ्नो बनायो ।  स्कोरकार्ड 

टस हारेर पहिले ब्याटिंग गरेको राइनोजले पहिलो १० ओभरमा ७३/३ को स्कोर बनायो । त्यसपछि हस्टनले आफ्नो १० ओभरमा ७४/४ को स्कोर गर्दै १ रनको अग्रता लियो । त्यसपछि ब्याटिंग गर्न आएको राइनोजले बाँकी १० ओभरमा १२४ रन बनाउदै २० ओभरमा १९७/६ को स्कोर खडा गर्दै बाँकी १० ओभरमा हस्टनलाई जितको लागि १२४ रनको लक्ष पस्कियो । १२४ रन लक्ष पछ्याएको हस्टनले ५३ रनले पछि पर्दै सबै विकेट गुमायो र ५४ रनले नेपाललाई जित सुम्पियो ।

नेपालको लागि कप्तान पारस खड्काले आक्रामक ब्याटिंग गर्दै सर्बाधिक ७७ रन योगदान दिए । यस्तै आक्रामक ब्याटिंग गर्दै शन फिंडलेले अविजित ६१ रन बनाए भने ओपनर सुबास खकुरेलले ३२ रन योगदान दिए । हस्टन बलर असद अलिले ३ विकेट आफ्नो नाम गरे ।

हस्टनको लागि शाहजैब हसनले सर्बाधिक ४६ तथा टिमरोय एलेनले ४५ रन योगदान दिए । पाकिस्तान रास्ट्रिय क्रिकेटर समेत रहेका कामरान अकमलले १९ रन बनाए । बलिंग तर्फ नेपालको लागि शन फिंडलेले ३ विकेट लिए भने रस्टि थेरोन, सोमपाल कामि र पारस खड्काले २/२ विकेट हात पारे ।

फाइनल खेलको म्यान अफ द म्याच शन फिंडले घोषित भए । प्रतियोगिताको उत्कृस्ट बलर हस्टन स्पार्क्सका असद अलि भए भने उत्कृष्ट ब्याट्सम्यान युएई फाल्कोन्सका जिसान मक्सुद घोषित भए ।

नेपालले सेमीफाइनल खेलमा फ्लोरिडा अन्डरडगलाई पराजित गरेको थियो ।

 

 

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]