इतिहासकै खराब ब्याटिंग

विकेटनेपाल, १३ मंसिर 
-बिराट राय 

थाईल्याण्डमा जारी एसीसी महिला टि-२० एसिया कप अन्तर्गत लगातार दोश्रो हार बेहोर्ने क्रममा नेपाली महिला टिम इतिहासकै कम कुल योगफलमा समेटियो l  ( स्कोरकार्ड )

श्रीलंकासंग प्रतियोगिताको आफ्नो दोश्रो खेलमा ८ विकेटले पराजित नेपालले टस हारेर पहिले ब्याटिंग गर्दै कुल २३ रन मात्रै बनाउन सक्यो l सन् २००७ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको नेपाली महिला टिमले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो नै सर्बाधिक कम टिम योगफल हो l

यस भन्दा अघि नेपाल बंगलादेशसंग २ पटक कुल २६ रनमा समेटिएको थियो l सन् २००७ को एसीसी महिला क्रिकेटको फाइनलमा पहिले ब्याटिंग गरेको नेपालले पहिलो इनिंगमा निर्धारित १८ ओभरमा ८ विकेट गुमाई मात्र २६ रन बनाएको थियो l उक्त खेल बंगलादेशले ८ विकेटले जितेको थियो l

७ बर्ष पछि वोमेंस एसियन गेम्स २०१५ को क्वार्टरफाइनलमा पुनः बंगलादेश संग भेट भएको नेपालले बंगलादेशले दिएको १०८ रनको लक्ष पछ्याउने क्रममा १५.३ ओभरमा २६ रनमै सबै विकेट गुमाएको थियो l

नेपालले पहिलो खेलमा पाकिस्तान संग ९ विकेटले पराजित हुँदा ४७ रन बनाएको थियो l

टस हारेको नेपालले पहिले ब्याटिंग गर्यो l १२ रनको कुल स्कोरमा सिता मगर आउट भएपछि ब्याटिंग गर्न आएकी काजोल श्रेष्ठ खाता नखोली नवौ ओभरमा कुल स्कोर १९ हुँदा आउट भईन् l नवौ ओभरमा नेरी थापा पनि खाता नखोली आउट हुँदा नेपालको स्कोर ९ ओभरमा १९/३ थियो l त्यसपछि नेपालले मात्र ४ रन बनाउदा बाँकि ७ विकेट गुमाउन पुग्यो l ८ नेपाली ब्याट्सउमनहरुले खाता सम्म पनि खोल्न सकेनन् l

नेपालको इनिंगमा कुनै पनि बाउन्ड्री थिएन l

ओपनर ज्योति पाण्डेले ३९ बलमा सर्बाधिक १६ रनको योगदान दिईन् भने कप्तान रुबिना क्षेत्रीले १ रन बनाउन सकिन् भने सिता मगरले ४ रन कुल योगफलमा जोडिन् l काजल श्रेष्ठ, नेरी थापा, इन्दु बर्मा, रश्मि शर्मा, करुणा भण्डारी, सरिता मगर, संगीता राई सुन्य रनमै पेभेलियन फर्किंदा सरस्वति चौधरी खाता नखोली अविजित रहिन् l श्रीलंकन बलर सुगन्दिका कुमारी र इनोका रनबिराले ३/३ विकेट हात पारिन् l

प्रतिउत्तरमा श्रीलंकाले २४ रनको लक्ष ४.३ ओभरमै पुरा गर्यो l हसिनी परेराले १ छक्का र १ चौका मदतले अविजित १७ रन स्कोर गरिन् l  रुबिना क्षेत्री र करुणा भण्डारीले १/१ विकेट हात पारिन् l

नेपालले प्रतियोगिताको आगामी खेल मंगलबार बंगलादेश संग खेल्नेछ l

आजसम्मको अंक तालिका हेर्नुस , हेर्नुस प्रतियोगिताको नतिजाहरु एकै ठाउँमा

 

यो पनि पढ्नुस :- 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]