इतिहासकै खराब ब्याटिंग

विकेटनेपाल, १३ मंसिर 
-बिराट राय 

थाईल्याण्डमा जारी एसीसी महिला टि-२० एसिया कप अन्तर्गत लगातार दोश्रो हार बेहोर्ने क्रममा नेपाली महिला टिम इतिहासकै कम कुल योगफलमा समेटियो l  ( स्कोरकार्ड )

श्रीलंकासंग प्रतियोगिताको आफ्नो दोश्रो खेलमा ८ विकेटले पराजित नेपालले टस हारेर पहिले ब्याटिंग गर्दै कुल २३ रन मात्रै बनाउन सक्यो l सन् २००७ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको नेपाली महिला टिमले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो नै सर्बाधिक कम टिम योगफल हो l

यस भन्दा अघि नेपाल बंगलादेशसंग २ पटक कुल २६ रनमा समेटिएको थियो l सन् २००७ को एसीसी महिला क्रिकेटको फाइनलमा पहिले ब्याटिंग गरेको नेपालले पहिलो इनिंगमा निर्धारित १८ ओभरमा ८ विकेट गुमाई मात्र २६ रन बनाएको थियो l उक्त खेल बंगलादेशले ८ विकेटले जितेको थियो l

७ बर्ष पछि वोमेंस एसियन गेम्स २०१५ को क्वार्टरफाइनलमा पुनः बंगलादेश संग भेट भएको नेपालले बंगलादेशले दिएको १०८ रनको लक्ष पछ्याउने क्रममा १५.३ ओभरमा २६ रनमै सबै विकेट गुमाएको थियो l

नेपालले पहिलो खेलमा पाकिस्तान संग ९ विकेटले पराजित हुँदा ४७ रन बनाएको थियो l

टस हारेको नेपालले पहिले ब्याटिंग गर्यो l १२ रनको कुल स्कोरमा सिता मगर आउट भएपछि ब्याटिंग गर्न आएकी काजोल श्रेष्ठ खाता नखोली नवौ ओभरमा कुल स्कोर १९ हुँदा आउट भईन् l नवौ ओभरमा नेरी थापा पनि खाता नखोली आउट हुँदा नेपालको स्कोर ९ ओभरमा १९/३ थियो l त्यसपछि नेपालले मात्र ४ रन बनाउदा बाँकि ७ विकेट गुमाउन पुग्यो l ८ नेपाली ब्याट्सउमनहरुले खाता सम्म पनि खोल्न सकेनन् l

नेपालको इनिंगमा कुनै पनि बाउन्ड्री थिएन l

ओपनर ज्योति पाण्डेले ३९ बलमा सर्बाधिक १६ रनको योगदान दिईन् भने कप्तान रुबिना क्षेत्रीले १ रन बनाउन सकिन् भने सिता मगरले ४ रन कुल योगफलमा जोडिन् l काजल श्रेष्ठ, नेरी थापा, इन्दु बर्मा, रश्मि शर्मा, करुणा भण्डारी, सरिता मगर, संगीता राई सुन्य रनमै पेभेलियन फर्किंदा सरस्वति चौधरी खाता नखोली अविजित रहिन् l श्रीलंकन बलर सुगन्दिका कुमारी र इनोका रनबिराले ३/३ विकेट हात पारिन् l

प्रतिउत्तरमा श्रीलंकाले २४ रनको लक्ष ४.३ ओभरमै पुरा गर्यो l हसिनी परेराले १ छक्का र १ चौका मदतले अविजित १७ रन स्कोर गरिन् l  रुबिना क्षेत्री र करुणा भण्डारीले १/१ विकेट हात पारिन् l

नेपालले प्रतियोगिताको आगामी खेल मंगलबार बंगलादेश संग खेल्नेछ l

आजसम्मको अंक तालिका हेर्नुस , हेर्नुस प्रतियोगिताको नतिजाहरु एकै ठाउँमा

 

यो पनि पढ्नुस :- 

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy