धनगढी प्रिमियर लिगका टिम र कप्तान घोषणा हुँदै

Sagarmatha Cement Dhangadhi Premier League

विकेटनेपाल, पुष २० – काठमाडौँ 

बहुप्रतिक्षित सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगमा सहभागी हुने टिम र टिमका कप्तानहरुको घोषणा बिहिबार हुने भएको छ l

प्रतियोगितामा ६ टोलि सहभागी हुनेछन् जसको टुंगो लागिसकेको छ l लिगमा धनगढी, कंचनपुर, काठमाडौँ, बिराटनगर, रुपन्देहीका गरी कुल ६ टिम सहभागी हुनेछन् l

सबै टिमको कप्तानको पनि टुंगो लागिसकेको आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुबास शाहीले विकेटनेपाललाई जानकारी दिलाएका छन् l ६ टिमको कप्तान रास्ट्रिय क्रिकेट टिमका सदस्यहरु मध्येबाट चुनिएका छन् l

कुन टिममा को कप्तान रहने टिमहरु बीच गोलाप्रथा गरेर चुनिएको हो l टिम र कप्तानको नाम बिहिबार पत्रकार सम्मेलनमाझ गरिनेछ l

टिम र कप्तानको घोषणा पछि पुष २३ गते ‘अक्सन’ मार्फत टिमले खेलाडीहरु चुन्नेछन् l

प्रतियोगितामा सहभागी हुन देशभरबाट २१८ जनाले विकेटनेपाल मार्फत नाम दर्ता गराएका छन् l दर्ता भएका खेलाडीहरुलाई ४ वटा श्रेणीमा बिभाजन गरि निम्नतम मूल्य तोकेर अक्सन संचालन गरिनेछ l

अक्सन प्रक्रिया बारे सम्पूर्ण जानकारी बिहिबार पत्रकार सम्मेलन माझ घोषणा गरिने शाहीले विकेटनेपाललाई जानकारी गराए l खेलाडीको निम्नतम मूल्य र बर्गिकरणमा पहिले घोषणा गरेको भन्दा केहि परिवर्तन गरीएको जसमा पहिले खेलाडीको ३ वटा श्रेणी हुनेमा अब ४ वटा श्रेणीमा बिभाजन गरिनेछ l

चैत्र ५ गते देखि धनगढीमा संचालन हुने प्रतियोगिताको बिजेताले रु. १५ लाख पाउने छ जुन नेपाली क्रिकेटमा हाल सम्मकै सर्बाधिक पुरस्कार राशी हो l अनुमानित लागत १ करोड ६० लाख रहने प्रतियोगिताको पुरस्कार राशीमै २८ लाख ५० हजार रुपैयाँ खर्च गरिनेछ l

यो पनि पढ्नुस :- 

नेपालकै सर्बाधिक धनराशीको प्रतियोगिता ‘धनगढी प्रिमियर लिग’ आयोजना हुने





थप समाचार

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]