विकेटनेपाल, पुष २० – काठमाडौँ
बहुप्रतिक्षित सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगमा सहभागी हुने टिम र टिमका कप्तानहरुको घोषणा बिहिबार हुने भएको छ l
प्रतियोगितामा ६ टोलि सहभागी हुनेछन् जसको टुंगो लागिसकेको छ l लिगमा धनगढी, कंचनपुर, काठमाडौँ, बिराटनगर, रुपन्देहीका गरी कुल ६ टिम सहभागी हुनेछन् l
सबै टिमको कप्तानको पनि टुंगो लागिसकेको आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुबास शाहीले विकेटनेपाललाई जानकारी दिलाएका छन् l ६ टिमको कप्तान रास्ट्रिय क्रिकेट टिमका सदस्यहरु मध्येबाट चुनिएका छन् l
कुन टिममा को कप्तान रहने टिमहरु बीच गोलाप्रथा गरेर चुनिएको हो l टिम र कप्तानको नाम बिहिबार पत्रकार सम्मेलनमाझ गरिनेछ l
टिम र कप्तानको घोषणा पछि पुष २३ गते ‘अक्सन’ मार्फत टिमले खेलाडीहरु चुन्नेछन् l
प्रतियोगितामा सहभागी हुन देशभरबाट २१८ जनाले विकेटनेपाल मार्फत नाम दर्ता गराएका छन् l दर्ता भएका खेलाडीहरुलाई ४ वटा श्रेणीमा बिभाजन गरि निम्नतम मूल्य तोकेर अक्सन संचालन गरिनेछ l
अक्सन प्रक्रिया बारे सम्पूर्ण जानकारी बिहिबार पत्रकार सम्मेलन माझ घोषणा गरिने शाहीले विकेटनेपाललाई जानकारी गराए l खेलाडीको निम्नतम मूल्य र बर्गिकरणमा पहिले घोषणा गरेको भन्दा केहि परिवर्तन गरीएको जसमा पहिले खेलाडीको ३ वटा श्रेणी हुनेमा अब ४ वटा श्रेणीमा बिभाजन गरिनेछ l
चैत्र ५ गते देखि धनगढीमा संचालन हुने प्रतियोगिताको बिजेताले रु. १५ लाख पाउने छ जुन नेपाली क्रिकेटमा हाल सम्मकै सर्बाधिक पुरस्कार राशी हो l अनुमानित लागत १ करोड ६० लाख रहने प्रतियोगिताको पुरस्कार राशीमै २८ लाख ५० हजार रुपैयाँ खर्च गरिनेछ l
यो पनि पढ्नुस :-
नेपालकै सर्बाधिक धनराशीको प्रतियोगिता ‘धनगढी प्रिमियर लिग’ आयोजना हुने