ललित सिंह भण्डारी उत्कृष्ट : फाइनल समिकरण पुरा ( एसएसपी कप )

विकेटनेपाल
– चितवन, पुष २५ 

चौथो क्याची एसएसपी कपमा साविक बिजेता भरतपुरको ग्रेस वीरेन्द्रलाई १३ रनले पाखा लगाउदै साविक उप–बिजेता काठमान्डौको हर्टल्याण्ड कलेज फाइनलमा प्रवेश गरेको छ । यससंगै हर्टल्याण्डले गतवर्षको फाइनल व्यहोरेको हारको बदला लिन सफल भएको छ ।

विशाल चोकस्थित नौ बिगाहा मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हर्टल्याण्डले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय १२ रनको योगफल तयार पारेको थियोे । हर्टल्याण्डको लागि पदम केसीले सर्वाधिक ४९ रन बनाए । ५८ बल खेलेका उनले १ छक्का र ४ चौका हिर्काए । त्यस्तै यज्ञमान कुमालले १९ रन जोडे ।

बलिङतर्फ वीरेन्द्रका प्रदीप ऐरी, ललित राजवंशी र करन केसीले २/२ विकेट लिए ।

१ सय १२ रनको विजय लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको वीरेन्द्र १७ दशमलव १ ओभरमा सबै विकेट गुमाएर १०० रनमा रोकियो । हर्टल्याण्डलाई जिताउन यज्ञमान कुमाल र दिनेश आग्रीले ३/३ विकेट लिए । अलराउण्ड प्रदर्शन गरेका यज्ञमान कुमाल खेलको म्यान अफ द म्याच बने ।

यसैगरी सेमिफाइनलको अर्को खेलमा क्यापिटल कलेजले रामपुरको कृषि तथा वन विश्वविद्यालयलाई ६ विकेट हराउदै फाइनल प्रवेश गर्यो ।

टस जितेर ब्याटिङ राजेको रामपुरले १९ दशमलव २ ओभरमा अलआउट हुदै ६६ रनमा समेटियो । सम्हालिन नसकेको रामपुरका लागि सनम बुढाथोकीले १६ र अभिनव कुमार यादवले १२ रन बनाएका थिए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ ललित सिंह भण्डारीले ४ र दिपेन्द्र ऐरीले २ विकेट लिए ।

६७ रनको झिनो लक्ष्य पछ्याएको क्यापिटल कलेजले ६ ओभरमा ४ विकेट गुमाएर जित निकालेको हो । क्यापिटलको जितमा अमर सिंह रटौलाले १६ रन बनाएका थिए । ९ बल खेलेका उनले १ छक्का र २ चौका प्रहार गरेका हुन् । उत्कृष्ट बलिङ गरेका ललित सिंह भण्डारी खेलका म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै आजनै एक कार्यक्रमकाबिच नेपाली राष्ट्रिय टोलीका विकेट किपर सुवास खकुरेल र पुर्व अन्डर १९ का खेलाडी प्रेम तामाङलाई सम्मान गरिएको थियो । चौथो क्याची शिव पौडेल स्मृति कप २०७३ को फाइनल खेल माघ ६ गते हुनेछ । १२ टोली सहभागी प्रतियोगिताको मुख्य प्रायोजक क्याची एजुकेशन कन्सल्टेन्सी हो ।





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]