ललित सिंह भण्डारी उत्कृष्ट : फाइनल समिकरण पुरा ( एसएसपी कप )

विकेटनेपाल
– चितवन, पुष २५ 

चौथो क्याची एसएसपी कपमा साविक बिजेता भरतपुरको ग्रेस वीरेन्द्रलाई १३ रनले पाखा लगाउदै साविक उप–बिजेता काठमान्डौको हर्टल्याण्ड कलेज फाइनलमा प्रवेश गरेको छ । यससंगै हर्टल्याण्डले गतवर्षको फाइनल व्यहोरेको हारको बदला लिन सफल भएको छ ।

विशाल चोकस्थित नौ बिगाहा मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हर्टल्याण्डले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय १२ रनको योगफल तयार पारेको थियोे । हर्टल्याण्डको लागि पदम केसीले सर्वाधिक ४९ रन बनाए । ५८ बल खेलेका उनले १ छक्का र ४ चौका हिर्काए । त्यस्तै यज्ञमान कुमालले १९ रन जोडे ।

बलिङतर्फ वीरेन्द्रका प्रदीप ऐरी, ललित राजवंशी र करन केसीले २/२ विकेट लिए ।

१ सय १२ रनको विजय लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको वीरेन्द्र १७ दशमलव १ ओभरमा सबै विकेट गुमाएर १०० रनमा रोकियो । हर्टल्याण्डलाई जिताउन यज्ञमान कुमाल र दिनेश आग्रीले ३/३ विकेट लिए । अलराउण्ड प्रदर्शन गरेका यज्ञमान कुमाल खेलको म्यान अफ द म्याच बने ।

यसैगरी सेमिफाइनलको अर्को खेलमा क्यापिटल कलेजले रामपुरको कृषि तथा वन विश्वविद्यालयलाई ६ विकेट हराउदै फाइनल प्रवेश गर्यो ।

टस जितेर ब्याटिङ राजेको रामपुरले १९ दशमलव २ ओभरमा अलआउट हुदै ६६ रनमा समेटियो । सम्हालिन नसकेको रामपुरका लागि सनम बुढाथोकीले १६ र अभिनव कुमार यादवले १२ रन बनाएका थिए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ ललित सिंह भण्डारीले ४ र दिपेन्द्र ऐरीले २ विकेट लिए ।

६७ रनको झिनो लक्ष्य पछ्याएको क्यापिटल कलेजले ६ ओभरमा ४ विकेट गुमाएर जित निकालेको हो । क्यापिटलको जितमा अमर सिंह रटौलाले १६ रन बनाएका थिए । ९ बल खेलेका उनले १ छक्का र २ चौका प्रहार गरेका हुन् । उत्कृष्ट बलिङ गरेका ललित सिंह भण्डारी खेलका म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै आजनै एक कार्यक्रमकाबिच नेपाली राष्ट्रिय टोलीका विकेट किपर सुवास खकुरेल र पुर्व अन्डर १९ का खेलाडी प्रेम तामाङलाई सम्मान गरिएको थियो । चौथो क्याची शिव पौडेल स्मृति कप २०७३ को फाइनल खेल माघ ६ गते हुनेछ । १२ टोली सहभागी प्रतियोगिताको मुख्य प्रायोजक क्याची एजुकेशन कन्सल्टेन्सी हो ।

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy