रोमान्चक खेलमा नेपाली राइनोज पराजित, न्यु होराइजन र एसपीए सेमीफाइनलमा

विकेटनेपाल, माघ २ 

रुस्लान कप क्रिकेटको सेमीफाइनल समीकरण पुरा भएको छ l आइतबार सम्पन्न तेश्रो र चौथो क्वार्टरफाइनल खेलमा न्यु होराइजन र सुदुरपस्चिमान्चल एकेडेमी ( एसपीए ) ले जित हात पार्दै सेमीफाइनलमा स्थान पक्का गरे l

सोमबार हुने पहिलो सेमीफाइनलमा नेपाल पुलिस क्लबले न्यु होराइजन तथा दोश्रो सेमीफाइनलमा त्रिभुवन आर्मीले सुदुरपस्चिमान्चल एकेडेमीको सामना गर्नेछ l

टियु मैदानमा सम्पन्न आजको पहिलो खेलमा नेपाली राइनोजलाई न्यु होराइजनले ८ रनको अन्तरले पराजित गर्यो l टस हारेर पहिले ब्याटिंग गर्दै होराइजनले पहिलो इनिंगमा बनाएको १०४ रनको प्रतिउत्तरमा ब्याटिंग गरेको राइनोजले ९६ रन मात्रै बनाउन सक्यो l  ( स्कोरकार्ड )

होराइजनका बलर कृष्ण कार्कीले ३ विकेट ( ४-२-९-३ ) तथा शाहब आलम र बिक्रम भुसालले २/२ विकेट आफ्नो पक्षमा पार्दै राइनोजलाई सस्तोमा समेट्न महत्वपूर्ण योगदान दिए l ब्याटिंग तर्फ होराइजनका निर्मल थापाले सर्बाधिक ३० रन बनाए l राइनोजका शरद भेसावकर र सुशील कंडेलले ३/३ विकेट आफ्नो पक्षमा पारे l खराब ब्याटिंग गरेको राइनोजको लागि सोनु तामांगले सर्बाधिक २७ रन योगदान दिए l

एसपीएको सहज जित  ( स्कोरकार्ड

आयोजक काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टर ( केसीटिसी ) लाई ४६ रनको ठुलो अन्तरले पराजित गर्दै एसपीएले सेमीफाइनल यात्रा तय गर्यो l टस जितेर पहिले ब्याटिंग गर्दै २० ओभरमा १६०/५ को स्कोर एसपीएले खडा गर्यो l

राजबिर सिंह

राजबिर सिंहले एसपीएको लागि अर्धशतकीय इनिंग खेले l उनले ४३ बलमा ८ चौका प्रहार गरे l यस्तै सन्दिप धामीले ३३ र दिपेन्द्र थापाले २१ रन बनाए l सुर्य लामा र सुमित झाले केसीटिसीको लागि २/२ विकेट लिए l

जवाफमा केसीटिसीले २० ओभर ब्याटिंग गर्दै ११४ रन मात्रै बनाउन सक्यो l बिनोद लामाले ३ विकेट ( ४-०-१२-३ ) तथा महेश अधिकारी र अमित पौडेलले २/२ विकेट हात पारे l

सुमित महर्जनले सर्बाधिक ४१ रन प्रहार गरेपनि केसीटिसीका अन्य ब्याट्सम्यानहरुले ठुलो इनिंग खेल्न सकेनन् l

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy