रोमान्चक खेलमा नेपाली राइनोज पराजित, न्यु होराइजन र एसपीए सेमीफाइनलमा

विकेटनेपाल, माघ २ 

रुस्लान कप क्रिकेटको सेमीफाइनल समीकरण पुरा भएको छ l आइतबार सम्पन्न तेश्रो र चौथो क्वार्टरफाइनल खेलमा न्यु होराइजन र सुदुरपस्चिमान्चल एकेडेमी ( एसपीए ) ले जित हात पार्दै सेमीफाइनलमा स्थान पक्का गरे l

सोमबार हुने पहिलो सेमीफाइनलमा नेपाल पुलिस क्लबले न्यु होराइजन तथा दोश्रो सेमीफाइनलमा त्रिभुवन आर्मीले सुदुरपस्चिमान्चल एकेडेमीको सामना गर्नेछ l

टियु मैदानमा सम्पन्न आजको पहिलो खेलमा नेपाली राइनोजलाई न्यु होराइजनले ८ रनको अन्तरले पराजित गर्यो l टस हारेर पहिले ब्याटिंग गर्दै होराइजनले पहिलो इनिंगमा बनाएको १०४ रनको प्रतिउत्तरमा ब्याटिंग गरेको राइनोजले ९६ रन मात्रै बनाउन सक्यो l  ( स्कोरकार्ड )

होराइजनका बलर कृष्ण कार्कीले ३ विकेट ( ४-२-९-३ ) तथा शाहब आलम र बिक्रम भुसालले २/२ विकेट आफ्नो पक्षमा पार्दै राइनोजलाई सस्तोमा समेट्न महत्वपूर्ण योगदान दिए l ब्याटिंग तर्फ होराइजनका निर्मल थापाले सर्बाधिक ३० रन बनाए l राइनोजका शरद भेसावकर र सुशील कंडेलले ३/३ विकेट आफ्नो पक्षमा पारे l खराब ब्याटिंग गरेको राइनोजको लागि सोनु तामांगले सर्बाधिक २७ रन योगदान दिए l

एसपीएको सहज जित  ( स्कोरकार्ड

आयोजक काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टर ( केसीटिसी ) लाई ४६ रनको ठुलो अन्तरले पराजित गर्दै एसपीएले सेमीफाइनल यात्रा तय गर्यो l टस जितेर पहिले ब्याटिंग गर्दै २० ओभरमा १६०/५ को स्कोर एसपीएले खडा गर्यो l

राजबिर सिंह

राजबिर सिंहले एसपीएको लागि अर्धशतकीय इनिंग खेले l उनले ४३ बलमा ८ चौका प्रहार गरे l यस्तै सन्दिप धामीले ३३ र दिपेन्द्र थापाले २१ रन बनाए l सुर्य लामा र सुमित झाले केसीटिसीको लागि २/२ विकेट लिए l

जवाफमा केसीटिसीले २० ओभर ब्याटिंग गर्दै ११४ रन मात्रै बनाउन सक्यो l बिनोद लामाले ३ विकेट ( ४-०-१२-३ ) तथा महेश अधिकारी र अमित पौडेलले २/२ विकेट हात पारे l

सुमित महर्जनले सर्बाधिक ४१ रन प्रहार गरेपनि केसीटिसीका अन्य ब्याट्सम्यानहरुले ठुलो इनिंग खेल्न सकेनन् l





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]