डीपीएललाई जगशक्तिको ७ लाख प्रायोजन, सबै खेल दर्शकले प्रत्यक्ष हेर्न पाउने

dhangadhi premier league live
  • विकेटनेपाल – माघ १८. काठमाडौँ

बहुप्रतिक्षित धनगढी प्रिमियर लिगको प्रत्येक खेलहरु दर्शकहरुले प्रत्यक्ष हेर्न पाउने भएका छन् l मंगलबार काठमाडौँमा आयोजित सम्झौता कार्यक्रममा डीश होम स्पोर्ट्स र आयोजक धनगढी क्रिकेट एकेडेमी बीच लिगको सबै खेलको प्रत्यक्ष प्रशारण गर्ने सम्झौतामा हस्ताक्षर भएको छ l

सोहि कार्यक्रममा धनगढी क्रिकेट एकेडेमी र जगशक्ति स्टिल बीच प्रतियोगिताको सह-प्रायोजन बारे पनि सम्झौता भयो l

सम्झौता अनुसार जगशक्तिले आयोजकलाई एशोसियट प्रायोजकको रुपमा सात लाख रुपैया प्रदान गर्नेछ। सम्झौतामा हस्ताक्षर गर्दै जगदम्बा ईन्टरप्राईजेजका प्रबन्ध निर्देशक उदयप्रकास मिश्रले प्रतियोगितासँग जोडिन पाउँदा आफुहरु उत्साहित रहेको बताए। नेपाली खेलकुदको विकासको लागि निजी क्षेत्रले सहयोग गर्नु अपरिहार्य रहेको बताउँदै उनले आगामी दिनहरुमा पनि खेलकुदको विकासमा आफुहरुले निरन्तर सहयोग जारी राख्ने प्रतिबद्धता जनाए।

आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए) र डिस होमका पदाधिकारि विच मंगलवार प्रतियोगिताको प्रत्यक्ष प्रशारण सम्बन्धी सम्झौता भएको छ। डिपिएलको प्रत्यक्ष प्रशारण गर्ने सम्झौतामा हस्ताक्षर गर्दै डिस होमका प्रबन्ध निर्देशक कल्याण श्रेष्ठले आफुहरुले प्रतियोगिताको प्रत्यक्ष प्रशारणको तयारी सुरु गरिसकेको बताए।

कार्यक्रममा धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुबाश शाहीले क्रिकेट अघि बढ्नु भनेको उद्योग पनि अघि बढ्नु हो जसले देशलाईनै अघि बढाउने बताउनुभयो l

सगरमाथा सिमेण्ट आगामी चैत्र ५ गते देखि धनगढीमा हुदैछ। प्रतियोगितामा धनगढी टिम चौराहा, कंचनपुर आइकोनिक, बिराटनगर किंग्स, काठमाडौँ गोल्डेन्स र सीवाईसी अत्तरिया गरि ६ बिभिन्न सहरका टोलिले सहभागिता जनाउने छन् l

प्रतियोगिताको लागि केहि अघि मात्रै खेलाडीहरुको अक्सन मार्फत टुंगो लगाईएको थियो l चैत्र ५-१९ सम्म संचालन हुने धनगढी प्रिमियर लिगको बिजेताले नेपाली क्रिकेट इतिहासकै सर्बाधिक १५ लाख रुपैया तथा उपविजेताले रु. ७ लाख पाउनेछ l





थप समाचार

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]