शिव शक्तिको सहज जित : रुपन्देही सुपर लिग

  • विकेटनेपाल- भैरहवा, २२ माघ ।

रुपन्देहीको भैरहवामा जारी मुख्य रुपन्देही सुपर लिग ए डिभिजनको समूह ‘डी’ को शनिबार भएको खेलमा शिवशक्ति क्रिकेट क्लब भैरहवाले बुद्ध क्रिकेट क्लब भैरहवालाई १ सय ९७ रनले पराजित गरेको छ । जितसँगै शिव शक्तिले २ अंक पाएको छ।

टस जितेर पहिला ब्याटिङ रोजेको शिवशक्तिले निर्धारित ४० ओभरको खेलमा ८ विकेटको क्षतिमा २ सय ४४ रन बनाएको थियो । लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको बुद्धले १७.३ ओभरमा अलआउट हुँदै मात्र ४७ रन बनायो ।

शिवशक्तिका लागि हरिचन्द लोहनीले ८५, सुमन अधिकारीले ३३, निकेश जुगजालीले ३१, कृष्ण सेनले २१ र दीपचन शर्माले अविजित २६ रनको योगदान दिए। बलिंगमा बुद्धका लागि शुवाङ्कर तिवारी, सुमित जिसी, प्रविण अन्सारीले समान २/२ विकेट लिए ।

बुद्धका लागि शुवाङ्कर तिवारीले १७ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् । शिवशक्तिका बलर कृष्ण कार्कीले ४ विकेट तथा सुमन अधिकारीले ३ विकेट हात परे l खेलको म्यान अफ द म्याच शिवशक्तिका सुमन अधिकारी घोषित भए l

रुपन्देही क्रिकेट संघको आयोजना, नेपाल टेलिकमको प्रमुख प्रायोजन र बुम रेमिटको सह-प्रायोजनमा जारी प्रतियोगिता अन्तर्गत आइतबार समूह ‘ए’मा रहेका शंकरनगर क्रिकेट क्लब शंकरनगर र देवदह क्रिकेट क्लब देवदहबीच प्रतिस्पर्धा हुनेछ । भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी प्रतियोगिता फागुन ४ गतेसम्म संचालन हुने छ । प्रतियोगिताका बिजेताले ५० हजार, उपबिजेताले २५ हजार, उत्कृस्ट खेलाडीले १० हजार, उत्कृस्ट बलर र उत्कृस्ट ब्याट्सम्यान दुबैले ५/५ हजार नगद पुरस्कार पाउने छन् ।





थप समाचार

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]