शिव शक्तिको सहज जित : रुपन्देही सुपर लिग

  • विकेटनेपाल- भैरहवा, २२ माघ ।

रुपन्देहीको भैरहवामा जारी मुख्य रुपन्देही सुपर लिग ए डिभिजनको समूह ‘डी’ को शनिबार भएको खेलमा शिवशक्ति क्रिकेट क्लब भैरहवाले बुद्ध क्रिकेट क्लब भैरहवालाई १ सय ९७ रनले पराजित गरेको छ । जितसँगै शिव शक्तिले २ अंक पाएको छ।

टस जितेर पहिला ब्याटिङ रोजेको शिवशक्तिले निर्धारित ४० ओभरको खेलमा ८ विकेटको क्षतिमा २ सय ४४ रन बनाएको थियो । लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको बुद्धले १७.३ ओभरमा अलआउट हुँदै मात्र ४७ रन बनायो ।

शिवशक्तिका लागि हरिचन्द लोहनीले ८५, सुमन अधिकारीले ३३, निकेश जुगजालीले ३१, कृष्ण सेनले २१ र दीपचन शर्माले अविजित २६ रनको योगदान दिए। बलिंगमा बुद्धका लागि शुवाङ्कर तिवारी, सुमित जिसी, प्रविण अन्सारीले समान २/२ विकेट लिए ।

बुद्धका लागि शुवाङ्कर तिवारीले १७ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् । शिवशक्तिका बलर कृष्ण कार्कीले ४ विकेट तथा सुमन अधिकारीले ३ विकेट हात परे l खेलको म्यान अफ द म्याच शिवशक्तिका सुमन अधिकारी घोषित भए l

रुपन्देही क्रिकेट संघको आयोजना, नेपाल टेलिकमको प्रमुख प्रायोजन र बुम रेमिटको सह-प्रायोजनमा जारी प्रतियोगिता अन्तर्गत आइतबार समूह ‘ए’मा रहेका शंकरनगर क्रिकेट क्लब शंकरनगर र देवदह क्रिकेट क्लब देवदहबीच प्रतिस्पर्धा हुनेछ । भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी प्रतियोगिता फागुन ४ गतेसम्म संचालन हुने छ । प्रतियोगिताका बिजेताले ५० हजार, उपबिजेताले २५ हजार, उत्कृस्ट खेलाडीले १० हजार, उत्कृस्ट बलर र उत्कृस्ट ब्याट्सम्यान दुबैले ५/५ हजार नगद पुरस्कार पाउने छन् ।





थप समाचार

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]

क्यान अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने

नेपाल क्रिकेट सङ्घ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने भएको छ । नेपाल […]

एसियन गेम्सको लागि अभ्यास सुरु

१९ औँ एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षण थालेको छ । नेपाली राष्ट्रिय टोलीका सदस्यले आज बुधवारदेखि त्रिवि […]