शंकरनगर ‘बी’ डिभिजनमा घटुवा

भैरहवा, २३ माघ ।

भैरहवाको सिद्धार्थ रंगशालामा जारी मुख्य सुपरलिग अन्तरगत ‘ए’ डिभिजनको समूह ‘ए’ को आइतबार भएको दोस्रो खेलमा शंकरनगर क्रिकेट क्लबलाई ३३ रनले हराउँदै देवदह क्रिकेट क्लब विजयी भएको छ ।

जितसँगै देवदहले सेमिफाइनलको सम्भावनालाई बलियो बनाएको छ भने दुई खेल हारेको शंकरनगर ‘ए’ डिभिजनबाट ‘बी’ डिभिजनमा घटुवा भएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको देवदहले निर्धारित ४० ओभरको खेलमा ३७ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८९ रन बनाएको थियो । प्रतिउत्तरमा मैदान छिरेको शंकरनगरले ३५ दशमलब ४ ओभरमा अलआउट हुँदै १ सय ५६ रन मात्रै बनाउन सक्यो ।

देवदहका लागि सुमन पाण्डेले ५६, सुरज दराई मगरले ४१ र रोशन गौतमले २५ रनको योगदान दिए । बलिङमा शंकरनगरका लागि लक्की पाण्डेले ४, धिरज शाहीले २, सुनिल पौडेल र ईश्वर गुरुङले १/१ विकेट लिए । व्याटिङमा शंकरनगरका लागि ईश्वर गुरुङले ३१, धिरज शाहीले २३ र वियु न्यौपानेले नटआउट २१ रन बनाए पनि अन्य ब्याट्सम्यान नचल्दा जितका लागि पर्याप्त हुन सकेन ।

देवदहका लागि किर्तीमान ढकालले ३, सरगम चौधरी, रोशन गौतम र पुरन थापाले २/२ विकेट तथा सुरज दराई मगरले १ विकेट लिए । खेलको म्यान अफ द म्याच देवदहका सुमन पाण्डे घोषित भए ।

रुपन्देही क्रिकेट संघको आयोजना, नेपाल टेलिकमको प्रमुख प्रायोजन र बुम रेमिटको सहप्रायोजनमा जारी प्रतियोगिता अन्तरग सोमबार समूह बीमा रहेका ज्ञानोदय क्रिकेट क्लब करहिया र एपेक्स क्रिकेट क्लब शंकरनगरबीच प्रतिस्पर्धा हुनेछ । जारी प्रतियोगिता फागुन ४ गतेसम्म संचालन हुने छ । प्रतियोगिताका बिजेताले ५० हजार, उपबिजेताले २५ हजार, उत्कृस्ट खेलाडीले १० हजार, उत्कृस्ट बलर र उत्कृस्ट ब्याट्सम्यान दुबैले ५/५ हजार नगद पुरस्कार पाउने छन् ।





थप समाचार

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]