शौरभ खनालको अर्धशतकमा वेस्टर्नको जित, वेस्टर्न र खुकुरी सेमीफाइनलमा

  • विकेटनेपाल- भैरहवा, ८ चैत ।

रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी शशिकान्त-सकुन्तला बर्मा टि-२० क्रिकेट प्रतियोगितामा मंगलबार भएको समूह ‘ए’ को पहिलो खेलमा बुटवल ११ क्रिकेट क्लब बुटवललाई ५ विकेटले हराउँदै लुम्बिनी खुकुरी क्रिकेट क्लब भैरहवा विजयी भएको छ । जितसँगै खुकुरी सेमिफाइनल प्रवेस गरेको छ ।

टस जितेर पहिला ब्याटिङ गर्दै बुटवलले निर्धारित २० ओभरको खेलमा १६.५ ओभरमा सबै विकेट गुमाउँदै ५८ रनमा अलआउट भएको थियो । बुटवलका लागि प्रथम पराजुलीले १५ रन बनाए । बुटवललाई सस्तैमा समेट्ने क्रममा बलिङमा खुकुरीका लागि मानबहादुर थापाले ४, शाह आलमले ३ र इकलाव अहम्मदले २ विकेट लिए ।

प्रतिउत्तरमा मैदान छिरेको खुकुरीले निर्धारित खेलमा १५.१ ओभरमा ५ विकेटको क्षतिमा ५९ रन बनाउँदै विजयी हासिल ग¥यो । उसका लागि रोहित पौडेलले २५ रनको योगदान दिए । बुटवलका लागि सुमन श्रेष्ठले २ विकेट लिए । खेलको म्यान आफ द म्याच खुकुरीका मानबहादुर थापा घोषित भएको रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जानकारी दिए ।

त्यस्तै मंगलबारै भएको समूह ‘बी’ को दोस्रो खेलमा वेष्टर्न क्रिकेट क्लब बुटवलले साई ग्लोबल क्रिकेट क्लब भैरहवालाई ५३ रनले हराएको छ । जितसँगै विष्टर्न सेमिफाइनल प्रवेस गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको वेष्टर्नले निर्धारित खेलमा ७ विकेटको क्षतिमा १ सय ७७ रन बनाएके थियो । उसका लागि शौरभ खनालले ५९, विक्रम भुसालले ४७, सन्दीप सुनार र देव खनालले २०-२० रन बनाए । साई ग्लोबलका सामोद पौडेल, मोहम्मद हुसेन र राहुल थापाले समान २-२ विकेट लिए ।

प्रतिउत्तरमा साई ग्लोबलले पुरै ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय २४ रन बनायो । उसका लागि अजय रसाइलीले ३०, अजय त्रिपाठील र आस्वस्त पासवानले समान १५-१५ रन बनाए । बलिङमा वेष्टर्नका देव खनालले २ विकेट लिए । खेलको म्यान अफ द म्याच वेष्टर्नका शौरभ खनाल घोषित भए ।

बुधबारको पहिलो खेल समूह ‘सि’ मा रहेका बुम एमसिसी भैरहवा र एपेक्स क्रिकेट क्लब शंकरनगरबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेल समूह ‘डि’ मा रहेका श्री शिवशक्ति क्रिकेट क्लब भैरहवा र मास्टर्स ११ भैरहवाबीच हुने आयोजकले जनाएको छन् ।

प्रतियोगिताका विजेताले नगद रु. ५० हजार र ट्रफी, उपविजेताले नगद रु. २५ हजार र ट्रफी प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीले नगद रु. १० हजार, बेष्ट ब्याट्सम्यान तथा बेष्ट बलरले नगद रु.५-५ हजार प्राप्त गर्नेछन् भने प्रत्येक दिनको म्यान अफ द म्याचले रु. एक हजार प्राप्त गर्नेछन् । प्रतियोगिता चैत १२ गतेसम्म संचालन हुने छ।

प्रतियोगितालाई अमेरिका निवासी विवेक बर्माले आफ्नो स्वर्गीय आमा÷बुवाको नाममा स्पोन्सर गरेका छन् । स्वर्गीय शशिकान्त बर्मा रुपन्देही जिल्लाको क्रिकेट खेलको विकासमा अम्पायर तथा खेलाडीको रुपमा योगदान पु¥याउने व्यक्तित्व मानिन्छन् भने स्वर्गीय सकुन्तला बर्मा रुपन्देही जिल्लाको महिला नेतृ थिइन् ।

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy