शौरभ खनालको अर्धशतकमा वेस्टर्नको जित, वेस्टर्न र खुकुरी सेमीफाइनलमा

Saurav Khanal
  • विकेटनेपाल- भैरहवा, ८ चैत ।

रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी शशिकान्त-सकुन्तला बर्मा टि-२० क्रिकेट प्रतियोगितामा मंगलबार भएको समूह ‘ए’ को पहिलो खेलमा बुटवल ११ क्रिकेट क्लब बुटवललाई ५ विकेटले हराउँदै लुम्बिनी खुकुरी क्रिकेट क्लब भैरहवा विजयी भएको छ । जितसँगै खुकुरी सेमिफाइनल प्रवेस गरेको छ ।

टस जितेर पहिला ब्याटिङ गर्दै बुटवलले निर्धारित २० ओभरको खेलमा १६.५ ओभरमा सबै विकेट गुमाउँदै ५८ रनमा अलआउट भएको थियो । बुटवलका लागि प्रथम पराजुलीले १५ रन बनाए । बुटवललाई सस्तैमा समेट्ने क्रममा बलिङमा खुकुरीका लागि मानबहादुर थापाले ४, शाह आलमले ३ र इकलाव अहम्मदले २ विकेट लिए ।

प्रतिउत्तरमा मैदान छिरेको खुकुरीले निर्धारित खेलमा १५.१ ओभरमा ५ विकेटको क्षतिमा ५९ रन बनाउँदै विजयी हासिल ग¥यो । उसका लागि रोहित पौडेलले २५ रनको योगदान दिए । बुटवलका लागि सुमन श्रेष्ठले २ विकेट लिए । खेलको म्यान आफ द म्याच खुकुरीका मानबहादुर थापा घोषित भएको रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जानकारी दिए ।

त्यस्तै मंगलबारै भएको समूह ‘बी’ को दोस्रो खेलमा वेष्टर्न क्रिकेट क्लब बुटवलले साई ग्लोबल क्रिकेट क्लब भैरहवालाई ५३ रनले हराएको छ । जितसँगै विष्टर्न सेमिफाइनल प्रवेस गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको वेष्टर्नले निर्धारित खेलमा ७ विकेटको क्षतिमा १ सय ७७ रन बनाएके थियो । उसका लागि शौरभ खनालले ५९, विक्रम भुसालले ४७, सन्दीप सुनार र देव खनालले २०-२० रन बनाए । साई ग्लोबलका सामोद पौडेल, मोहम्मद हुसेन र राहुल थापाले समान २-२ विकेट लिए ।

प्रतिउत्तरमा साई ग्लोबलले पुरै ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय २४ रन बनायो । उसका लागि अजय रसाइलीले ३०, अजय त्रिपाठील र आस्वस्त पासवानले समान १५-१५ रन बनाए । बलिङमा वेष्टर्नका देव खनालले २ विकेट लिए । खेलको म्यान अफ द म्याच वेष्टर्नका शौरभ खनाल घोषित भए ।

बुधबारको पहिलो खेल समूह ‘सि’ मा रहेका बुम एमसिसी भैरहवा र एपेक्स क्रिकेट क्लब शंकरनगरबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेल समूह ‘डि’ मा रहेका श्री शिवशक्ति क्रिकेट क्लब भैरहवा र मास्टर्स ११ भैरहवाबीच हुने आयोजकले जनाएको छन् ।

प्रतियोगिताका विजेताले नगद रु. ५० हजार र ट्रफी, उपविजेताले नगद रु. २५ हजार र ट्रफी प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीले नगद रु. १० हजार, बेष्ट ब्याट्सम्यान तथा बेष्ट बलरले नगद रु.५-५ हजार प्राप्त गर्नेछन् भने प्रत्येक दिनको म्यान अफ द म्याचले रु. एक हजार प्राप्त गर्नेछन् । प्रतियोगिता चैत १२ गतेसम्म संचालन हुने छ।

प्रतियोगितालाई अमेरिका निवासी विवेक बर्माले आफ्नो स्वर्गीय आमा÷बुवाको नाममा स्पोन्सर गरेका छन् । स्वर्गीय शशिकान्त बर्मा रुपन्देही जिल्लाको क्रिकेट खेलको विकासमा अम्पायर तथा खेलाडीको रुपमा योगदान पु¥याउने व्यक्तित्व मानिन्छन् भने स्वर्गीय सकुन्तला बर्मा रुपन्देही जिल्लाको महिला नेतृ थिइन् ।





थप समाचार

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]