लुम्बिनी खुकुरी क्रिकेट क्लब च्याम्पियन

  • विकेटनेपाल -भैरहवा, १२ चैत ।

रुपन्देही क्रिकेट संघको आयोजनामा जिल्ला सदरमुकाम भैरहवास्थित सिद्धार्थ रंगशालामा शनिबार सम्पन्न शशिकान्त–सकुन्तला बर्मा टि–२० क्रिकेट प्रतियोगिताको फाइनल खेलमा वेष्टर्न क्रिकेट क्लब बुटवललाई ७ रनले हराउँदै लुम्बिनी खुकुरी क्रिकेट क्लब बेलहिया च्याम्पियन भएको छ । जितसँगै उसले नगद रु. ५० हजार र ट्रफी प्राप्त गरेको छ भने उपविजेता वेष्टर्नले नगद रु. २५ हजार र ट्रफी प्राप्त गरेको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको खुकुरीले निर्धारित २० ओभरको खेलमा १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३३ रनको योगफल तयार गरेको थियो । उसका लागि रोहित पौडेलले ६५, सविन शाक्यले २६ र विजय सुनारले १४ रनको योगदान दिए । बलिङका वेष्टर्नका विक्रम भुसालले ५, शौरभ खनाल र धिरज शाहीले समान २-२  विकेट लिए ।

जवाफी ब्याटिङमा मैदान छिरेको वेष्टर्नले निर्धारित खेलमा ८ विकेटको क्षतिमा १ सय २६ रन बनाई हार व्यहो¥यो । उसका लागि राहुल कुमारले ३५, भुवन पाण्डेले १८, शौरभ खनाल र जगत क्षेत्रीले समान १५-१५ रन बनाए । बलिङमा खुकुरीका शाह आलम र लालबहादुर अधिकारीले समान ३-३ विकेट लिए । खेलको म्यान अफ द फाइनल खुकुरीका रोहित पौडेल घोषित भएको रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जानकारी दिए ।

त्यस्तै प्रतियोगितामा वेष्टर्नका शौरभ खनाल उत्कृष्ट ब्याट्सम्यान घोषित भई नगद ५ हजार र ट्रफी प्राप्त गरे । खुकुरीका शाह आलम बेष्ट बलर घोषित भई नगद ५ हजार र ट्रफी हाता पारे भने देवदह क्रिेकट युनिट देवदहका सुरज दराई उत्कृष्ट खेलाडी हुँदै नगद १० हजार र ट्रफी हात पारे । प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समिति रुपन्देहीका अध्यक्ष योग गुरुङले पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगितालाई अमेरिका निवासी विवेक बर्मा अन्सु बर्मा र अल्का बर्माले आफ्नो स्वर्गीय आमा बुवाको नाममा स्पोन्सर गरेका थिए । स्वर्गीय शशिकान्त बर्मा रुपन्देही जिल्लाको क्रिकेट खेलको विकासमा अम्पायर तथा खेलाडीको रुपमा योगदान पु¥याउने व्यक्तित्व मानिन्छन् भने स्वर्गीय सकुन्तला बर्मा रुपन्देही जिल्लाको महिला नेतृ थिइन् ।





थप समाचार

इंग्ल्यान्डमाथि अस्ट्रेलियाको सहज जित

काठमाडौं । ओपनर ट्राभिस हेडको शतक सहयोगमा अस्ट्रेलियाले पहिलो ओडिआई खेलमा इंग्ल्यान्डलाई सहज रुपमा पराजित गरेको छ । अस्ट्रेलिया ५ […]

भक्तपुर क्रिकेट संघको साधारण सभा सम्पन्न

भक्तपुर जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीवार संघका अध्यक्ष डा. मनिष राज पाण्डेको अध्यक्षतामा एक […]

नेपाल पराजित

नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि […]

नेपाल पहिले ब्याटिङ गर्दै

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]

युएईको लगातार हार

आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]

नेपाल र ओमान खेल्दै

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]