लुम्बिनी खुकुरी क्रिकेट क्लब च्याम्पियन

  • विकेटनेपाल -भैरहवा, १२ चैत ।

रुपन्देही क्रिकेट संघको आयोजनामा जिल्ला सदरमुकाम भैरहवास्थित सिद्धार्थ रंगशालामा शनिबार सम्पन्न शशिकान्त–सकुन्तला बर्मा टि–२० क्रिकेट प्रतियोगिताको फाइनल खेलमा वेष्टर्न क्रिकेट क्लब बुटवललाई ७ रनले हराउँदै लुम्बिनी खुकुरी क्रिकेट क्लब बेलहिया च्याम्पियन भएको छ । जितसँगै उसले नगद रु. ५० हजार र ट्रफी प्राप्त गरेको छ भने उपविजेता वेष्टर्नले नगद रु. २५ हजार र ट्रफी प्राप्त गरेको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको खुकुरीले निर्धारित २० ओभरको खेलमा १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३३ रनको योगफल तयार गरेको थियो । उसका लागि रोहित पौडेलले ६५, सविन शाक्यले २६ र विजय सुनारले १४ रनको योगदान दिए । बलिङका वेष्टर्नका विक्रम भुसालले ५, शौरभ खनाल र धिरज शाहीले समान २-२  विकेट लिए ।

जवाफी ब्याटिङमा मैदान छिरेको वेष्टर्नले निर्धारित खेलमा ८ विकेटको क्षतिमा १ सय २६ रन बनाई हार व्यहो¥यो । उसका लागि राहुल कुमारले ३५, भुवन पाण्डेले १८, शौरभ खनाल र जगत क्षेत्रीले समान १५-१५ रन बनाए । बलिङमा खुकुरीका शाह आलम र लालबहादुर अधिकारीले समान ३-३ विकेट लिए । खेलको म्यान अफ द फाइनल खुकुरीका रोहित पौडेल घोषित भएको रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जानकारी दिए ।

त्यस्तै प्रतियोगितामा वेष्टर्नका शौरभ खनाल उत्कृष्ट ब्याट्सम्यान घोषित भई नगद ५ हजार र ट्रफी प्राप्त गरे । खुकुरीका शाह आलम बेष्ट बलर घोषित भई नगद ५ हजार र ट्रफी हाता पारे भने देवदह क्रिेकट युनिट देवदहका सुरज दराई उत्कृष्ट खेलाडी हुँदै नगद १० हजार र ट्रफी हात पारे । प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समिति रुपन्देहीका अध्यक्ष योग गुरुङले पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगितालाई अमेरिका निवासी विवेक बर्मा अन्सु बर्मा र अल्का बर्माले आफ्नो स्वर्गीय आमा बुवाको नाममा स्पोन्सर गरेका थिए । स्वर्गीय शशिकान्त बर्मा रुपन्देही जिल्लाको क्रिकेट खेलको विकासमा अम्पायर तथा खेलाडीको रुपमा योगदान पु¥याउने व्यक्तित्व मानिन्छन् भने स्वर्गीय सकुन्तला बर्मा रुपन्देही जिल्लाको महिला नेतृ थिइन् ।

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy