सुशील कंडेलको प्रभावशाली प्रदर्शनमा पुलिसको जित : प्रधानमन्त्री कप

  • विकेटनेपाल- १० जेठ

सुशील कंडेलको उत्कृस्ट बलिंग मदतले नेपाल पुलिस क्लबले सुदुरपश्चिमान्चल विकास क्षेत्रलाई पराजित गर्दै प्रधानमन्त्रि कप क्रिकेट प्रतियोगितामा बिजयी सुरुवात गरेको छ l ( स्कोरकार्ड )

समुह ‘बि’ अन्तर्गत दोश्रो खेलमा टस हारेर पहिले ब्याटिंग गरेको सुदुरपश्चिमान्चलले पहिलो इनिंगमा तयार परेको १७० रनको जवाफमा ब्याटिंग गरेको पुलिस क्लबले उक्त लक्ष २५ औ ओभरमा ३ विकेट मात्रै गुमाई भेटायो l

आक्रामक ब्याटिंग गरेका पुलिस ओपनर अमित श्रेष्ठले ८ चौका र ३ छक्का प्रहार गर्दै ६३ बलमा ७५ रनको इनिंग खेलेपछि पुलिसको जित सहज बन्यो l ओपनर शंकर रानालाई ० रनमै सागर भण्डारीले पेभेलियन फर्काएपछि तेश्रो नम्बरमा आएका दिलिप नाथले अमित श्रेष्ठसंग दोश्रो विकेटको लागि १२८ रनको साझेदारी गरे l

अमितलाई २० औ ओभरमा भिम शार्कीले पेभेलियन फर्काए l दिलिप नाथ ४० रन बनाई आउट भए जसले ४ चौका र १ छक्का प्रहार गरे l दिपेन्द्र ऐरीले अविजित २७ र आरिफ शेखले अविजित ८ रन बनाउदै पुलिसलाई जितसम्म डोर्याए l

यस अघि ज्ञानेन्द्र कुँवरले ४९ रनको योगदान दिएपछि सुदुरपश्चीमान्चलले आशालाग्दो ब्याटिंग गर्यो l रोशन नेपाली ( २१ ) , भिम शार्की ( २८ ) , सन्तोष भट्ट ( २५ ) ले पाएको राम्रो सुरुवातलाई ठुलो स्कोरमा बदल्न नसक्दा सुदुरपश्चीमान्चलले ठुलो योगफल बनाउन सकेन l

तेश्रो नम्बरमा ब्याटिंग गरेका ज्ञानेन्द्र कुँवरले ८८ बलमा ५ चौका प्रहर गर्दै पुलिस बलिंगको डटेर सामना गरे l कुँवर ३६ औ ओभरमा आरिफ शेखको बलमा किपर दिलिपको हातमा क्याच आउट हुँदा अर्धशतक बनाउन मात्र १ रनले चुके l

टियु मैदानको विकेटमा टर्न धेरै नभए पनि देब्रे हाते स्पिनर सुशील कंडेलले अनुशासित बलिंग गर्दै १० ओभरमा मात्र २१ रन खर्चेर ५ विकेट लिए जसमा २ मेडन ओभर सामेल थियो l यस्तै अर्का देब्रेहाते तिब्र गति बलर ललित सिंग भण्डारीले ३ तथा आरिफ शेखले १ विकेट हात पारे l

म्यान अफ द म्याच घोषित सुशीलले ५ हजार रुपैया प्राप्त गरे l जित स्वरूप पुलिस क्लबले रु. २५ हजार रूपैया प्राप्त गर्यो l

प्रधानमन्त्रि कप अन्तर्गत हिजो सम्पन्न समुह ‘बि’ अन्तर्गत पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले पूर्वान्चललाई ९ विकेटले पराजित गरेको थियो l

जेठ २४ गते सम्म चल्ने देशकै सर्बाधिक धनराशीको प्रतियोगिता अन्तर्गत भोलि बिहिबार पुर्वान्चल विकास क्षेत्रले नेपाल पुलिस क्लबको सामना गर्नेछ l प्रतियोगिताको खेल तालिका 

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy