सुशील कंडेलको प्रभावशाली प्रदर्शनमा पुलिसको जित : प्रधानमन्त्री कप

sushil kandel
  • विकेटनेपाल- १० जेठ

सुशील कंडेलको उत्कृस्ट बलिंग मदतले नेपाल पुलिस क्लबले सुदुरपश्चिमान्चल विकास क्षेत्रलाई पराजित गर्दै प्रधानमन्त्रि कप क्रिकेट प्रतियोगितामा बिजयी सुरुवात गरेको छ l ( स्कोरकार्ड )

समुह ‘बि’ अन्तर्गत दोश्रो खेलमा टस हारेर पहिले ब्याटिंग गरेको सुदुरपश्चिमान्चलले पहिलो इनिंगमा तयार परेको १७० रनको जवाफमा ब्याटिंग गरेको पुलिस क्लबले उक्त लक्ष २५ औ ओभरमा ३ विकेट मात्रै गुमाई भेटायो l

आक्रामक ब्याटिंग गरेका पुलिस ओपनर अमित श्रेष्ठले ८ चौका र ३ छक्का प्रहार गर्दै ६३ बलमा ७५ रनको इनिंग खेलेपछि पुलिसको जित सहज बन्यो l ओपनर शंकर रानालाई ० रनमै सागर भण्डारीले पेभेलियन फर्काएपछि तेश्रो नम्बरमा आएका दिलिप नाथले अमित श्रेष्ठसंग दोश्रो विकेटको लागि १२८ रनको साझेदारी गरे l

अमितलाई २० औ ओभरमा भिम शार्कीले पेभेलियन फर्काए l दिलिप नाथ ४० रन बनाई आउट भए जसले ४ चौका र १ छक्का प्रहार गरे l दिपेन्द्र ऐरीले अविजित २७ र आरिफ शेखले अविजित ८ रन बनाउदै पुलिसलाई जितसम्म डोर्याए l

यस अघि ज्ञानेन्द्र कुँवरले ४९ रनको योगदान दिएपछि सुदुरपश्चीमान्चलले आशालाग्दो ब्याटिंग गर्यो l रोशन नेपाली ( २१ ) , भिम शार्की ( २८ ) , सन्तोष भट्ट ( २५ ) ले पाएको राम्रो सुरुवातलाई ठुलो स्कोरमा बदल्न नसक्दा सुदुरपश्चीमान्चलले ठुलो योगफल बनाउन सकेन l

तेश्रो नम्बरमा ब्याटिंग गरेका ज्ञानेन्द्र कुँवरले ८८ बलमा ५ चौका प्रहर गर्दै पुलिस बलिंगको डटेर सामना गरे l कुँवर ३६ औ ओभरमा आरिफ शेखको बलमा किपर दिलिपको हातमा क्याच आउट हुँदा अर्धशतक बनाउन मात्र १ रनले चुके l

टियु मैदानको विकेटमा टर्न धेरै नभए पनि देब्रे हाते स्पिनर सुशील कंडेलले अनुशासित बलिंग गर्दै १० ओभरमा मात्र २१ रन खर्चेर ५ विकेट लिए जसमा २ मेडन ओभर सामेल थियो l यस्तै अर्का देब्रेहाते तिब्र गति बलर ललित सिंग भण्डारीले ३ तथा आरिफ शेखले १ विकेट हात पारे l

म्यान अफ द म्याच घोषित सुशीलले ५ हजार रुपैया प्राप्त गरे l जित स्वरूप पुलिस क्लबले रु. २५ हजार रूपैया प्राप्त गर्यो l

प्रधानमन्त्रि कप अन्तर्गत हिजो सम्पन्न समुह ‘बि’ अन्तर्गत पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले पूर्वान्चललाई ९ विकेटले पराजित गरेको थियो l

जेठ २४ गते सम्म चल्ने देशकै सर्बाधिक धनराशीको प्रतियोगिता अन्तर्गत भोलि बिहिबार पुर्वान्चल विकास क्षेत्रले नेपाल पुलिस क्लबको सामना गर्नेछ l प्रतियोगिताको खेल तालिका 





थप समाचार

नरेनको कप्तानीमा नेपालले यु–१९ विश्वकप एसिया छनोट खेल्ने

काठमाडौं। नेपालले नरेन भट्टको कप्तानीमा आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार उनलाई […]

प्रधानमन्त्री कप : आर्मी र लुम्बिनी विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन्। […]

पुलिसकाे लगातार पाँचाैँ जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशलाई हराउँदै नेपाल पुलिस क्बले लगातार पाँचाैँ जित हासिल गरेकाे […]

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]