चम्किए जितेन्द्र मुखिया, आर्मी र पुलिस सेमीफाइनलमा

jitendra mukhiya
  • विकेटनेपाल, १३ जेठ

योर्कर किंग जितेन्द्र मुखिया एक्लैले ६ सुदुरपश्चिम ब्याट्सम्यानलाई पाखा लगाएपछि त्रिभुवन आर्मी क्लब सहज जितको साथ प्रधानमन्त्री कप प्रतियोगिताको सेमीफाइनल प्रबेश गरेको छ l

स्कोरकार्ड, अंकतालिका 

समुह ‘बि’ बाट यसअघिनै नेपाल पुलिस क्लब सेमीफाइनलमा स्थान बनाईसकेको छ भने पूर्वान्चल र सुदुरपश्चिमाञ्चलले जितको स्वाद नचाखी पहिलो चरणबाट बाहिरीएका छन् l

त्रिभुवन बिश्वबिद्यालय क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदुरपश्चिमाञ्चलको टस जितेर पहिले ब्याटिंग गर्ने निर्णयलाई आर्मी बलरहरुले सुरुवात देखि गलत ठहर्याए l दोश्रो ओभरमा ओपनर सुरेन्द्र चन्दलाई विकेटकिपर राजु रिजालको हातबाट क्याच थमाएपछि सुरुभएको सुदुरपश्चिमाञ्चलको पतन रोकिने नाम लिएन l रोशन नेपाली ( ४ ) , विजय राना ( ० ) , सन्तोष भट्ट ( ६ ) , बसन्त कार्की ( ० ) , अनिल थापा ( ० ) लाई जितेन्द्र मुखियालाई मुखियाले लगातार स्पेलमा पेभेलियन फर्काएपछि सुदुरपश्चिमाञ्चलको पुरै टिम २२ ओभरमा कुल ५० रनमै पेभेलियन फर्कियो l

मुखियाले १० ओभरको स्पेलमा ३ मेडन ओभर सहित मात्र २२ रन खर्चिएर ६ विकेट हात पार्दै रास्ट्रिय क्रिकेटमा आफ्नो उत्कृस्ट बलिंग स्पेल दर्ता गरे l सागर पुनले ३ विकेट ( ६-१-१०-३ ) तथा सुशन भारिले १ विकेट हात पारे l

नवौ नम्बरमा ब्याटिंग गरेका बसन्त खत्रीले २० रन बनाउनु बाहेक अन्य सुदुरपश्चिम ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन बनाउन सकेनन् l खत्रीले १ छक्का र १ चौका प्रहार गरे जो बाहेक इनिंगमा अन्य ब्याट्सम्यानहरुले बललाई सीमारेखा कटाउन सकेनन् l

५१ रनको लक्ष आर्मीले ६.३ ओभरमा लक्ष भेटायो l सागर पुन र अनिल मण्डल समान १० रन बनाएर आउट हुँदा बिनोद भण्डारीले २१ तथा नरेश बुढायरले ६ रन बनाउदै टिमलाई जितसम्म डोर्याए l

प्रतियोगिता अन्तर्गत भोलि आइतबार त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब बीच हुनेछ जसले समुहको बिजेता को हुने तय गर्नेछ l

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]