एसियन प्रिमियर लिग टि-२० नेपालमा ( भिडियो सहित )

asian premier league t20
  • विकेटनेपाल- २९ जेठ

युएईको अल्टिमेट स्पोर्ट्स म्यानेजमेन्टले यही जुन १९ देखि जुलाई ४ सम्म नेपालमा एसियन प्रिमियर लिग टि-२० प्रतियोगिता आयोजना गर्ने भएको छ l

प्रतियोगितामा इन्डीयन स्टार्स, श्रीलंकन लायन्स, बंगलादेश टाइगर्स, दुबई वारियर्स, नेपाल स्टर्म, अफगानिस्तान बुल्स गरी ६ टोलि सहभागी हुनेछन् l इन्डियन स्टार्स टिमको कप्तानी श्रीलंकन खेलाडी तिलकरत्ने दिलशानले , श्रीलंकन लायन्सको कप्तानी अर्का श्रीलंकन खेलाडी फर्भेज महरुफले,  बंगलादेश टाइगर टिमको कप्तानी बंगलादेशी खेलाडी अल अमिन हुसेनले , दुबई वारियार्सको कप्तानी अब्दुल शाकुरले , नेपाल स्टर्मको कप्तानी स्वप्निल पाटिलले तथा अफगानिस्तान बुल्सको कप्तानी पाकिस्तानी खेलाडी राना नाभेद उल हसनले गर्ने बताईएको छ l

रास्ट्रिय खेलकुद परिषदले अनुमति दिएको र सहकार्य समेत गर्ने प्रतियोगिताको सम्पूर्ण खेलहरु त्रिभुवन

asian premier league t20
Asian Premier League T20 , Winner Trophy

विश्व बिद्यालय किर्तिपुर मैदानमा संचालन हुनेछ l

प्रतियोगिताको लागि खेल्ने खेलाडीहरु छनौट गर्न सोमबार अक्सन गरिनेछ l अक्सन मार्फत १५० जना दर्ता भएका खेलाडीबाट १०८ जना खेलाडी छनौट हुने आयोजकले बताएका छन् l खेलाडीहरुलाई ए , बि, सी गरि तिन श्रेणीमा बर्गिकरण गरिनेछ l

पहिले दुबईमा हुने भनिएको प्रतियोगिता बिबिध समस्याहरुको कारण नेपालमा गर्ने निर्णय गरिएको आयोजक अल्टिमेट स्पोर्ट्स म्यानेजमेन्टका प्रमुख आरएस डांडीवालले बताएका छन् l

प्रतियोगिताको बिजेताले ४० लाख रुपैयाँ तथा उपविजेताले १६ लाख रुपैया प्राप्त गर्नेछन् l प्रतियोगिताको उत्कृस्ट खेलाडीले कार तथा म्यान अफ द म्याचले २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् l

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]