नेपाललाई २२६ रनको लक्ष्य

  • विकेटनेपाल, कार्तिक १९

मलेसियामा ९ देखि २० तारिकसम्म आयोजना हुने यु-१९ युथ एसिया कपको तयारीको लागि बंगलादेश भ्रमणमा रहेको नेपाल यु-१९ क्रिकेट टिमले बंगलादेश यु-१९ क्रिकेट टिमसंग तेश्रो तथा अन्तिम एकदिवसीय खेल खेलीरहेको छ।

टस जितेर बंगलादेशले पहिले ब्याटिंग गरेको बंगलादेशले पुरै ५० ओभरमा ७ विकेट गुमाई २२५ रन बनाएको छ।

बंगलादेशको लागि चौथो नम्बरमा ब्याटिंग गरेका अमिनुल इस्लामले अविजित ८० रनको इनिंग खेलेका थिए। यस्तै मोहम्मद रकिबले ३९, पिनक घोषले २३ रनको योगदान दिए । इस्लामले ८७ बल खेल्दै ८ चौका प्रहार गरेका थिए ।

नेपालको लागि शाहब आलमले सर्बाधिक ३ विकेट तथा अनिल शाहले २ तथा कप्तान दिपेन्द्र ऐरीले १ विकेट हात पारे। सन्दिप लामिछाने भने विकेट बिहिन रहे।

स्कोरकार्ड

नेपालले यस अघि खेलेको २ वटा एकदिवसीयमा हार बेहोर्दै सिरिज २-० ले गुमाईसकेको छ।

८ टिम सहभागी हुने यु-१९ युथ एसिया कप प्रतियोगितामा नेपाल समुह ‘ए’ मा रहेको छ जुन समुहमा भारत, बंगलादेश र मलेसिया रहेका छन्। समुह ‘बि’ मा श्रीलंका, पाकिस्तान, अफगानिस्तान र एसीसी यु-१९ ( पश्चिम क्षेत्र ) को बिजेता टिम रहनेछ।

प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल बंगलादेशसंग ११ नोभेम्बरमा खेल्ने छ। बंगलादेशसंगको खेल पछि नेपालले १२ नोभेम्बरमा भारतसंग दोश्रो खेल र १४ नोभेम्बरमा मलेसियासंग तेश्रो खेल खेल्ने कार्यक्रम रहेको छ।

समुह ‘ए’ र समुह ‘बि’ बाट समुह चरणको खेल पछि २/२ टिम सेमीफाइनल खेल्न छनौट हुनेछ। प्रतियोगिताको फाइनल खेल १९ नोभेम्बरमा खेलिनेछ।

नेपालको पहिलो खेल किनाराओभल मैदानमा हुनेछ भने बाँकी २ वटा खेल बायुमास ओभल मैदानमा हुनेछ।

नेपाली टिम :- 

१. दिपेन्द्र ऐरी ( ब्याटिंग अलराउण्डर )
२. रोहती पौडेल  (  ब्याटिंग अलराउण्डर )
३. सन्दिप लामिछाने ( लेग स्पिनर )
४. सन्दिप सुनार  ( ब्याट्सम्यान )
५. प्रनित थापा मगर ( ब्याट्सम्यान )
६. अनिल कुमार शाह ( ब्याट्सम्यान )
७. पवन सर्राफ ( अफस्पिन अलराउण्डर )
८. मोहम्मद आसिफ शेख ( विकेटकिपर/ब्याट्सम्यान )
९. किशोर महतो ( तिब्र गति बलर )
१०. शाहब आलम ( देब्रे हाते स्पिनर )
११. प्रकास केसी ( विकेटकिपर/ब्याट्सम्यान )
१२. कमल सिंह ऐरी ( तिब्र गति बलर )
१३. भिम शार्की ( देब्रे हाते स्पिनर – अलराउण्डर )
१४. रासिद खान ( तिब्र गति बलर )
१५. जितेन्द्र सिंह  ( ब्याट्सम्यान )

वैकल्पिक खेलाडी 

१. सन्दिप जोरा , २. बिक्रम कुमार भुसाल , ३. अंकित सुबेदी, ४. विजय चौधरी





थप समाचार

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]