नेपाललाई २२६ रनको लक्ष्य

  • विकेटनेपाल, कार्तिक १९

मलेसियामा ९ देखि २० तारिकसम्म आयोजना हुने यु-१९ युथ एसिया कपको तयारीको लागि बंगलादेश भ्रमणमा रहेको नेपाल यु-१९ क्रिकेट टिमले बंगलादेश यु-१९ क्रिकेट टिमसंग तेश्रो तथा अन्तिम एकदिवसीय खेल खेलीरहेको छ।

टस जितेर बंगलादेशले पहिले ब्याटिंग गरेको बंगलादेशले पुरै ५० ओभरमा ७ विकेट गुमाई २२५ रन बनाएको छ।

बंगलादेशको लागि चौथो नम्बरमा ब्याटिंग गरेका अमिनुल इस्लामले अविजित ८० रनको इनिंग खेलेका थिए। यस्तै मोहम्मद रकिबले ३९, पिनक घोषले २३ रनको योगदान दिए । इस्लामले ८७ बल खेल्दै ८ चौका प्रहार गरेका थिए ।

नेपालको लागि शाहब आलमले सर्बाधिक ३ विकेट तथा अनिल शाहले २ तथा कप्तान दिपेन्द्र ऐरीले १ विकेट हात पारे। सन्दिप लामिछाने भने विकेट बिहिन रहे।

स्कोरकार्ड

नेपालले यस अघि खेलेको २ वटा एकदिवसीयमा हार बेहोर्दै सिरिज २-० ले गुमाईसकेको छ।

८ टिम सहभागी हुने यु-१९ युथ एसिया कप प्रतियोगितामा नेपाल समुह ‘ए’ मा रहेको छ जुन समुहमा भारत, बंगलादेश र मलेसिया रहेका छन्। समुह ‘बि’ मा श्रीलंका, पाकिस्तान, अफगानिस्तान र एसीसी यु-१९ ( पश्चिम क्षेत्र ) को बिजेता टिम रहनेछ।

प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल बंगलादेशसंग ११ नोभेम्बरमा खेल्ने छ। बंगलादेशसंगको खेल पछि नेपालले १२ नोभेम्बरमा भारतसंग दोश्रो खेल र १४ नोभेम्बरमा मलेसियासंग तेश्रो खेल खेल्ने कार्यक्रम रहेको छ।

समुह ‘ए’ र समुह ‘बि’ बाट समुह चरणको खेल पछि २/२ टिम सेमीफाइनल खेल्न छनौट हुनेछ। प्रतियोगिताको फाइनल खेल १९ नोभेम्बरमा खेलिनेछ।

नेपालको पहिलो खेल किनाराओभल मैदानमा हुनेछ भने बाँकी २ वटा खेल बायुमास ओभल मैदानमा हुनेछ।

नेपाली टिम :- 

१. दिपेन्द्र ऐरी ( ब्याटिंग अलराउण्डर )
२. रोहती पौडेल  (  ब्याटिंग अलराउण्डर )
३. सन्दिप लामिछाने ( लेग स्पिनर )
४. सन्दिप सुनार  ( ब्याट्सम्यान )
५. प्रनित थापा मगर ( ब्याट्सम्यान )
६. अनिल कुमार शाह ( ब्याट्सम्यान )
७. पवन सर्राफ ( अफस्पिन अलराउण्डर )
८. मोहम्मद आसिफ शेख ( विकेटकिपर/ब्याट्सम्यान )
९. किशोर महतो ( तिब्र गति बलर )
१०. शाहब आलम ( देब्रे हाते स्पिनर )
११. प्रकास केसी ( विकेटकिपर/ब्याट्सम्यान )
१२. कमल सिंह ऐरी ( तिब्र गति बलर )
१३. भिम शार्की ( देब्रे हाते स्पिनर – अलराउण्डर )
१४. रासिद खान ( तिब्र गति बलर )
१५. जितेन्द्र सिंह  ( ब्याट्सम्यान )

वैकल्पिक खेलाडी 

१. सन्दिप जोरा , २. बिक्रम कुमार भुसाल , ३. अंकित सुबेदी, ४. विजय चौधरी

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy