युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार सम्पन्न खेलमा नेपालले पाहुना टोली ओमानलाई आठ विकेटले पराजित गरेको हो। जितसँगै दोस्रो स्थानमा रहेको नेपालले दुई खेलबाट चार अंक पुर्‍याएको छ। नेपालले पहिलो खेलमा युएईलाई डिएलएसबाट पाँच रनले हराएको थियो।

ओमानको भने यो लगातार दोस्रो हार हो। पहिलो खेलमा अफगानिस्तानले ओमानलाई आठ विकेटले पराजित गरेको थियो।

ओमानले प्रस्तुत गरेको ११८ रनको लक्ष्य नेपालले १४.३ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको हो।

नेपाललाई लगातार दोस्रो जित दिलाउन ओपनर नीरजकुमार यादवले सर्वाधिक ४६ रन बनाए। ३१ बल खेलेका उनले पाँच चौका र दुई छक्का प्रहार गरे। अर्का ओपनर साहिल पटेलले ४२ बलमा तीन चौका र एक छक्का प्रहार गरे।

यी दुईबीच पहिलो विकेटका लागि ८५ रनको विशाल साझेदारी भएको थियो। नीरज ९.६ ओभरमा सौम्य भाविनको बलमा वर्षित साईबाट क्याच भए। साहिल भने १३.३ ओभरमा नेपालको स्कोर बोर्डमा १०६ रन हुँदा सौम्यकै बलमा हेमा रमेशबाट क्याच आउट भए।

त्यसपछि क्रिजमा आएका कप्तान नरेन भट्टले १२ र सन्तोष यादवले १० अविजित रन बनाउँदै नेपालको जित पक्का गरे।

ओमनका सौम्यले दुवै विकेट लिए। ६ ओभर बलिङ गरेका उनले ३१ रन खर्चिए।

त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ३८ ओभरमा सबै विकेट गुमाउँदै ११७ रनको योगफल तयार गरेको थियो।

ओमानका जीत वज्रेश शाहले अर्धशतकीय इनिङ्स खेले। उनले ७८ बलमा चार चौकासहित ५२ रन बनाए। तर, उनको इनिङ्सले ओमानलाई पहिलो जित दिलाउन सकेन। ओपनर सिद्धार्थ शंकरले १६ र हेमा रमेशले १० रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

ओमानलाई सस्तैमा रोक्न नेपालका युवराज खत्रीले सर्वाधिक पाँच विकेट लिए। सात ओभर बलिङ गरेका उनले दुई मेडनसहित १५ रन खर्चिए।

सन्तोषको नाममा दुई विकेट रहँदा दयान्द मण्डल, अपराजित पौडेल र अशोक धामीको नाममा समान एक विकेट रह्यो।

जारी प्रतियोगितामा नेपाल र ओमानसहित अफगानिस्तान, युएई, र हङकङ सहभागी छन्। यस छनोटमा शीर्ष दुईमा रहने टोली आगामी वर्षको यु–१९ विश्वकपमा छनोट हुनेछन्।





थप समाचार

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]