नेपाल ‘ए’ पराजित

काठमाडौं। आसाम राज्य टिमले नेपाल ‘ए’ लाई पराजित गरेको छ। आइतबार सम्पन्न खेलमा आसामले नेपाल ‘ए’ लाइ १८ रनले पराजित गरेको हो।

आसामले दिएको १७५ रनको लक्ष्य पछाएको नेपाल ‘ए’ ले २० ओभरमा ९ विकेट गुमाएर १५६ रन बनाएको हो। नेपालका लागि कप्तान अनिल शाहले सर्बाधिक ६७ रन बनाएका थिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आसामले २० ओभरमा ५ विकेट गुमाएर १७४ रन बनाएको थियो। आसामका लागि सुमित घडीगावकरले सर्वाधिक ७० रन बनाए भने ऋषिकेश तामोलीले ४५ र निहार देकाले ३७ रन बनाएका थिए। त्यस्तै नेपाल ‘ए’ टिमका बलर आकाश चन्दले २ तथा अहमद बसिरले एक विकेट लिएका थिए।

यो जितपछि ५ खेलको सिरिज २-२ ले बराबरी भएको छ र अब सिरिजको अन्तिम तथा निर्णायक खेल भोली हुने तालिका रहेको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy