काठमाडौं। पहिलो अभ्यास खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले साउथ अस्ट्रेलियासामु १४७ रनको लक्ष्य प्रस्ततु गरेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४६ रनको योगफल तयार पारेको थियो ।
नेपालका लागि भीम सार्कीले ३२, दीपेन्द्रसिंह ऐरी २६, आसिफ शेखले २२, आरिफ शेखले २१ र सोमपाल कामीले अविजित १८ रन बनाए ।
साउथ अस्ट्र्लियाका लागि थोम्पसन, ब्राउन र मेनेन्टीले समान दुई तथा म्याकफाडेन र मेन्जिसले समान एक विकेट लिए ।
