नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ३८ ओभरमा रन विकेट गुमाउँदै ११७ रन बनायो।

ओमानका लागि जित भ्रिजेश शाहले अर्धशतकीय पारी खेले। उनले ७८ बलमा चार चौकासहित ५२ बाए। ओपनर शीदार्थ शंकरले १६ रन बनाए।

यस्तै, प्रातिस हेम रमेशले १० रन बनाउँनु बाहे अन्य ब्याटरले रन बनाउन सकेनन्।

यता, नेपालका लागि युवाराज खत्रीले पाँच विकेट लिँदा सन्तोष यातदव दुईले हात पारे। यस्तै, दयान्नद मन्डल, अपराजित पौडेल र अशोक धामीले समान एक विकेट लिए।

यसअघि नेपालले पहिलो खेलमा आइतबार यूएईमाथि डिएल पद्दति अनुसार ५ रनको जित निकाल्दै विजयी सुरुआत गरेको थियो। ओमानले भने अफगानिस्तानसँग ८ विकेटले पराजित भए थियो।

जारी प्रतियोगितामा नेपाल, अफगानिस्तान, यूएई, ओमान र हङकङ सहभागी यस छनोटबाट शीर्ष हुने टोली आगामी वर्षको यु १९ विश्वकपमा छनोट हुने छन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy