नेपाल एक रनले पराजित, अफगानिस्तानलाई एक खेलअगाबै शृंखला

काठमाडौं। अफगानिस्तान यु–१९ टोलीले घरेलु टोली नेपालमाथि एक रनको रोमाञ्चक जित निकाल्दै एक खेलअगाबै एकदिवसीय शृंखला जितेको छ।

आइतबार सम्पन्न खेलमा अफगानिस्तानले नेपालसामु १७९ रनको लक्ष्य प्रस्तुत गरेको थियो। तर, नेपालले ४९।९ ओभरमा सबै विकेट गुमाउँदै १६७ रन मात्रै बनाउन सकेको हो।

नेपाललाई अन्तिम तीन बलमा दुई रन चाहिएको थियो। मोहबुब खानले आफ्नो ओभरको तेस्रो बल नो फ्याँकेका थिए। तर, दर्श सुनार रन आउट हुन पुग्दा नेपालले फ्रि हिटसहित शृंखला नै गुमाउन पुग्यो।

योसँगै नेपालले शृंखला २–० ले गुमाएको छ। अब नेपालले पाहुना टोलीसँग अन्तिम एक खेल खेल्नेछ। पहिलो खेलमा नेपालले १३० रनको फराकिलो हार बेहोरेको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy