रोमान्चक खेलमा ३ रनको जित निकाल्दै बिराटनगरलाई आईपीएल उपाधि

  • विकेटनेपाल, २ माघ- मंगलबार

दोस्रो अण्डर १९ रास्ट्रिय इटहरी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधी बिराटनगरले हात पारेको छ। इटहरीमा मंगलबार सम्पन्न भएको रोमान्चक फाइनल खेलमा धनगढीलाइ ३ रनले पराजित गर्दै बिराटनगरले उपाधीसंगै नगद १ लाख पुरस्कार जितेको छ। उपबिजेता धनगढीले ५० हजारमा चित्त बुझाएको छ।

इटहरी स्थित नेपाल डिभिएम स्कूलको पीचमा टस जितेर पहिले ब्याटिङ गरेको बिराटनगरले निर्धारित २० ओभरको खेलमा १ सय १३ रन बनाएको थियो।

बिराटनगरका लागी मिनस थापाले सर्वाधिक २४ रन बनाए भने मुकेश यादवले १८ र अमित यादवले १० रनको योगदान दिएका थिए । बलिङतर्फ धनगढीका सागर भण्डारीले ३ तथा नारायण जोशीले २ विकेट लिए ।

१ सय १४ रनको लक्ष पछ्याउन जवाफी ब्याटिङ गरेको धनगढी निर्धारित २० ओभरमा सबै विकेट गुमाउदै १ सय १० रनमा समेटियो।

धनगढीका लागी नारायण जोशीले सर्वाधिक २७ रन बनाएका थिए भने अजय बिष्टले २० तथा लोकेश बमले १७ रन जोडेका थिए। बलिङतर्फ बिराटनगरका मुकुन्द यादवले ३ तथा दिपेश कंडेल र मिनश थापाले २ विकेट लिए।

प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बिराटनगरका मिनश थापा घोषित भए।

यस अघि सोमबार सम्पन्न सेमीफाइनल खेलमा बिराटनगरले आयोजक इटहरी क्रिकेट एकडेमीलाई तथा धनगढीले नेपालगंजलाई पराजित गरेको थियो।

पुस २८ गतेदेखी सुरु भएको प्रतियोगितामा आयोजक इटहरी क्रिकेट एकेडेमी, काठमाण्डौ, विराटनगर, नेपालगञ्ज, भैरहवा र धनगढीको सहभागिता रहेको थियो।

समाचार श्रोत – newslaya.com





थप समाचार

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]