खुकुरी कप : धमलाको अलराउण्ड प्रदर्शनमा शान्तिनगरको जित

  • विकेटनेपाल, माघ १४ – आइतबार

खुकुरी च्यालेंजर्स कप टी २० क्रिकेट प्रतियोगितामा आइतबार भएका खेलहरुमा शान्तीनगर युथ क्लब र काठमाण्डौ क्रिकेट ट्रेनिंग सेन्टर (केसीटीसी) ले जित प्राप्त गरेका छन ।

पहिलो खेल: शान्तिनगर युथ क्लब Vs अल्टिमेट इन्डोर क्रिकेट

मुलपानी मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिंग गरेको शान्तीनगर युथ क्लबले २० ओभरमा ९ विकेट गुमाएर १३६ रन बनाएको थियो ।

कप्तान मन्जित श्रेष्ठले ४१ रन (४० बल, १ चौका, ३ छक्का) तथा पुर्षोत्तम झाले ३१ रन (३४ बल, ३ चौका) प्रहार गरेपछी शान्तिनगरले सम्मानजनक योगफल तयार पार्यो। सिद्धान्त लोहनी  शुन्यमै आउट हुँदा सुनिल धमलाले २३ रन योगदान दिए। बलिंगतर्फ अल्टिमेट इन्डोर क्रिकेटका कृष्ण सिंह नेगीले ३५ रन खर्चेर ४ विकेट तथा तथा जितेन्द्र यादवले ३ र नरेश थापाले २ विकेट हात पारे ।

जवाफमा ब्याटिंग गर्न उत्रिएको अल्टिमेट इन्डोर क्रिकेटले २० ओभरमा ६ विकेट गुमाएर मात्र १०० रन बनाउदै ३६ रनले पराजित हुन पुग्यो । किरण ठगुन्नाले अर्धशतक (५०* रन, ४२ बल, १ चौका, ३ छक्का) बनाएपनि अन्य ब्याट्सम्यानले साथ दिएनन् ।

म्यान अफ द म्याच चुनिएका शान्तिनगर युथ क्लबका सुनिल धमलाले २ विकेट ( ४-०-१३-२ ) लिए।

 

म्यान अफ द म्याच सुनिल धमला

दोश्रो खेल: काठमान्डौ क्रिकेट सेन्टर Vs आरसीए प्युठान च्यालेंजर्स

मुलपानी मैदानमा दिनको दोश्रो खेलमा टस जितेर ब्याटिंग गरेको केसीटीसीले २० ओभरमा ५ विकेट गुमाएर १४७ रन बनाएको थियो। उसका कप्तान संजय बस्नेतले अविजित ४६ रन (३१ बल, ८ चौका र १ छक्का), सुधिर चौधरी ३३ रन तथा सुमित महर्जनले २९ रन बनाए ।

बलिंगतर्फ आरसीए प्युठान च्यालेंजर्सका प्रेम तामांगले ३ विकेट हात पारेका थिए।

म्यान अफ द म्याच संजय बस्नेत

जवाफमा आरसीए प्युठान च्यालेंजर्सले २० ओभरमा २ विकेट गुमाएर १४० रन मात्रै बनाउन सक्यो र ७ रनले पराजित भयो। उसका लागि प्रेम तामांगले अविजित ५८ रन ( ५३ बल, ६ चौका र २ छक्का ) तथा राजबिर सिंहले ४७ रन ( ५१ बल, ६ चौका र १ छक्का ) बनाएपनि लक्ष्य भेट्टाउन सकेन।

संजय बस्नेत म्यान अफ द म्याच घोषित भए।

अंकतालिका 

भोलि हुने खेलहरु:

त्रिभुवन आर्मी क्लब Vs जिएचासिए

आईओई थापाथली Vs ओएसिस क्रिकेट एकेडेमी





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]