- विकेटनेपाल, माघ १४ – आइतबार
खुकुरी च्यालेंजर्स कप टी २० क्रिकेट प्रतियोगितामा आइतबार भएका खेलहरुमा शान्तीनगर युथ क्लब र काठमाण्डौ क्रिकेट ट्रेनिंग सेन्टर (केसीटीसी) ले जित प्राप्त गरेका छन ।
पहिलो खेल: शान्तिनगर युथ क्लब Vs अल्टिमेट इन्डोर क्रिकेट
मुलपानी मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिंग गरेको शान्तीनगर युथ क्लबले २० ओभरमा ९ विकेट गुमाएर १३६ रन बनाएको थियो ।
कप्तान मन्जित श्रेष्ठले ४१ रन (४० बल, १ चौका, ३ छक्का) तथा पुर्षोत्तम झाले ३१ रन (३४ बल, ३ चौका) प्रहार गरेपछी शान्तिनगरले सम्मानजनक योगफल तयार पार्यो। सिद्धान्त लोहनी शुन्यमै आउट हुँदा सुनिल धमलाले २३ रन योगदान दिए। बलिंगतर्फ अल्टिमेट इन्डोर क्रिकेटका कृष्ण सिंह नेगीले ३५ रन खर्चेर ४ विकेट तथा तथा जितेन्द्र यादवले ३ र नरेश थापाले २ विकेट हात पारे ।
जवाफमा ब्याटिंग गर्न उत्रिएको अल्टिमेट इन्डोर क्रिकेटले २० ओभरमा ६ विकेट गुमाएर मात्र १०० रन बनाउदै ३६ रनले पराजित हुन पुग्यो । किरण ठगुन्नाले अर्धशतक (५०* रन, ४२ बल, १ चौका, ३ छक्का) बनाएपनि अन्य ब्याट्सम्यानले साथ दिएनन् ।
म्यान अफ द म्याच चुनिएका शान्तिनगर युथ क्लबका सुनिल धमलाले २ विकेट ( ४-०-१३-२ ) लिए।
दोश्रो खेल: काठमान्डौ क्रिकेट सेन्टर Vs आरसीए प्युठान च्यालेंजर्स
मुलपानी मैदानमा दिनको दोश्रो खेलमा टस जितेर ब्याटिंग गरेको केसीटीसीले २० ओभरमा ५ विकेट गुमाएर १४७ रन बनाएको थियो। उसका कप्तान संजय बस्नेतले अविजित ४६ रन (३१ बल, ८ चौका र १ छक्का), सुधिर चौधरी ३३ रन तथा सुमित महर्जनले २९ रन बनाए ।
बलिंगतर्फ आरसीए प्युठान च्यालेंजर्सका प्रेम तामांगले ३ विकेट हात पारेका थिए।
जवाफमा आरसीए प्युठान च्यालेंजर्सले २० ओभरमा २ विकेट गुमाएर १४० रन मात्रै बनाउन सक्यो र ७ रनले पराजित भयो। उसका लागि प्रेम तामांगले अविजित ५८ रन ( ५३ बल, ६ चौका र २ छक्का ) तथा राजबिर सिंहले ४७ रन ( ५१ बल, ६ चौका र १ छक्का ) बनाएपनि लक्ष्य भेट्टाउन सकेन।
संजय बस्नेत म्यान अफ द म्याच घोषित भए।
अंकतालिका
भोलि हुने खेलहरु:
त्रिभुवन आर्मी क्लब Vs जिएचासिए
आईओई थापाथली Vs ओएसिस क्रिकेट एकेडेमी