ज्ञानेन्द्र मल्लको बिशाल शतकमा नेपालको ठूलो योगफल

२०७४ माघ १७, बुधबार १५:०४

Gyanendra Malla
  • विकेटनेपाल – १७ माघ, बुधवार

उपकप्तान ज्ञानेन्द्र मल्लले उत्कृस्ट ब्याटिंग गर्दै १५४ रन बनाउंदा युएई “ए” बिरुद्धको दोस्रो अभ्यास खेलमा नेपालले निर्धारित ५० ओभरमा ३३३ रन जोडेको छ।

टस जित्दै पहिले ब्याटिंग रोजेको नेपालले उत्कृस्ट सुरुवात गर्यो। पहिलो विकेटका लागि ओपनर दिलिप नाथ र ज्ञानेन्द्र मल्लले १४२ रनको साझेदारी गरे।

मात्र ७९ बल खेलेका दिलिप ६४ रन जोड्दै रन आउटहुँदा नेपालको स्कोर २३.१ ओभरमा १४२ रन रहेको थियो। ७९ बल खेलेका दिलिपले ६ चौका र २ छक्काको सहयोगमा ६४ रन जोडे। त्यसपछि तिन नम्बरमा ब्याटिंग गर्न आएका अनिल साहले १४ रनको योगदान गरे।

नेपालको लागि सर्वाधिक रन जोड्ने क्रममा ज्ञानेन्द्र मल्लले १५४ रन बनाए। मात्र १३१ बल खेलेका मल्लले १५४ रन जोड्दा युएई “ए” का बलर जवाफबिहिन बने। आफ्नो इनिंगमा मल्लले १७ चौका प्रहार गरे।

यस्तै आरिफ शेखले ३३ बलमा अविजित ४१ रन तथा दिपेन्द्र ऐरीले व्यक्तिगत ३४ रन जोडे।

युएई “ए” को लागि लक्ष्मण श्रीकुमार, वासिफ अहमद तथा कार्तिक मयाप्पनले समान १-१ विकेट लिए।

केहि समयपछि युएई “ए” ले जवाफी ब्याटिंग गर्दै छ।

हिंजो भएको पहिलो अभ्यास खेलमा नेपालले युएई “ए” लाई २५ रनले पराजित गरेको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy