चेन्नाई बिरुद्द खेल्दै सन्दिप !

  • विकेटनेपाल – ४ जेष्ठ ,शुक्रवार

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली डेयरडेभिल्स र चेन्नाई सुपर किंग्सको खेलमा सन्दिप लामिछाने खेल्ने भएका छन् ।

इण्डियन प्रिमियर लिग खेल्ने पहिलो नेपाली खेलाडी बन्ने क्रममा सन्दीपले यसअघि दिल्ली डेयरडेभिल्सबाट रोयल च्यालेंजर्स बैंगलोर बिरुद्दको खेलमा डेब्यु गरेका थिए । आइपिएलको प्ले अफ दौडबाट बाहिरि सकेको दिल्लीले चेन्नाई सुपर किंग्स बिरुद्द टस हार्दै पहिले ब्याटिंग गर्दै छ । दिल्लीको टोलिमा जुनियर डालाको स्थानमा ग्लेन म्याक्स्वेल र जेसन रोएको स्थानमा आभेश खानले मौका पाएका छन् ।

इन्डियन प्रिमियर लिगको एघारौँ संस्करण अन्तर्गतको ४५ औं खेलमा १७ बर्षीय लामिछानेले दिल्ली डेयरडेविल्सको तर्फबाट भारतीय टिमका समेत कप्तान रहेका विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेंजर्स बेंगलोरबिरुद्द डेब्यु गरेका थिए । उक्त खेलमा अहिले विश्वक्रिकेटमा सबैभन्दा उत्कृस्टमध्येका विराट कोहली र पुर्व दक्षिण अफ्रिकी कप्तान एबी डी भिल्लियर्सबिरुद्द बलिंग गर्ने मौका पाएका थिए ।

अक्सनमा भारतीय मूल्य २० लाख रुपैयाँमा दिल्लीको टिममा आबद्द भएका उनले बैंगलोरबिरुद्दको खेलमा सन् २००२ मा टेस्ट क्रिकेटमा डेब्यु गरेका अनुभवी भारतीय खेलाडी पार्थिव पटेललाई एलबिडब्ल्यु धरापमा पार्दै किर्तिमान रचेका थिए ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy