लर्ड्स मैदानमा नेपालको अर्को जित, एमसीसी ९ विकेटले पराजित

Mahela Jayawardene , Paras Khadka
  • विकेटनेपाल – १३ श्रावण, आइतवार

क्रिकेटको मक्का मानिने लर्ड्स मैदानमा जारि एमसीसी र नेदरल्याण्ड बिरुद्धको टि-२० शृंखलामा नेपालले मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) लाई ९ विकेटले पराजित गरेको छ। यसअघि सन् २०१६ मा पहिलो पटक लर्ड्समा नेपालले एमसीसीलाई ५० ओभरको खेलमा ४१ रनले पराजित गरेको थियो। स्कोरकार्ड

वर्षाका कारण ढिलो गरी सुरु भएको खेललाई प्रति इनिंग ६ ओभरमा घटाइएको थियो। निर्धारित ६ ओभरमा ४१ रनको लक्ष्य पिछा गरेको नेपालले ४.४ ओभरमा मात्र १ विकेट गुमाएर जित दर्ता गर्न सफल भयो। नेपालको रोमान्चक जितमा ओपनर सुबास खकुरेलले अविजित १६ तथा ज्ञानेन्द्र मल्लले अविजित १२ रन जोडे। मल्लले मात्र ४ बलमा १२ रन जोड्दा १ चौका र १ छक्का प्रहार गरे भने खकुरेलले १५ बलमा २ चौकाको सहायताले १६ रन जोडे। यस्तै अर्का ओपनर अनिल साह भने ९ बलमा २ चौका सहित ९ रन बनाएर आउट हुन पुगेका थिए।

यसअघि टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको घरेलु टोलि एमसीसीले निर्धारित ६ ओभरमा ४ विकेट गुमाएर ४० रन जोडेको थियो। उसको इनिंगमा कप्तान तथा श्रीलंकन् स्टार माहेला जयवर्दनेले अविजित २४ रन जोडेका थिए। १६ बलमा उनले ४ चौका प्रहार गरेका थिए। यस्तै पिटर मुरले ६ रन तथा म्याट कोल्सले ५ रन जोडेका थिए।

नेपालको बलिंगमा तिब्र गतिका बलर सोमपाल कामीले उत्कृस्ट प्रदर्शन गर्दै २ ओभरमा ८ रन खर्चिएर २ विकेट चट्काएका थिए। यस्तै शक्ति गौचनले आफ्नो १ ओभरमा ६ रन खर्चिएर १ विकेट लिएका थिए। विकेट निकाल्न नसकेका ललित भण्डारीले एक ओभरमा ५ रन, पारस खड्काले एक ओभरमा ७ रन तथा सन्दिप लामिछानेले एक ओभरमा १३ रन खर्चिएका थिए। नेपालले जोनाथन ट्रटको विकेट भने रन आउटको रुपमा प्राप्त गरेको थियो।

Sandeep Lamichhane bowling at Lords
Sandeep Lamichhane bowling at Lords
Mahela Jayawardene , Paras Khadka
Mahela Jayawardene , Paras Khadka





थप समाचार

नेपालसॅंग खेल्नु अघि बंगलादेश अमेरिकासॅंग पराजित

काठमाडौ । आगामी महिना हुने टी-२० विश्वकपमा नेपालसॅंग खेल्नु अघि बंगलादेश अमेरिकासॅंग पराजित भएको छ । बंगलादेशविरुद्धको तीन खेलको टि-२० […]

हैदराबादलाई हराउँदै कोलकाता फाइनलमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को पहिलो क्वालिफायर खेलमा सनराइजर्स हैदराबादलाई हराउँदै कोलकाता नाइट राईडर्सले फाइनलमा […]

कोलकातासामु हैदराबादको चलेन ब्याटिङ, १५९ रनमा नै अल आउट

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को पहिलो क्वालिफायर खेलमा कोलकाता नाइट राईडर्सको बलरसामू चल्न नसक्दा सनराइजर्स […]

सन्दीप अमेरिका जाने विषयमा यस्तो भन्छन् क्यान अध्यक्ष

काठमाडौं । नेपाली क्रिकेट टिमका पुर्वकप्तान सन्दीप लामिछाने केही दिनमा टी२० विश्वकपमा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएका छन् । […]

यसरी छानिएका थिए विश्वकप खेल्ने २० राष्ट्र…

काठमाडौं । आगामी महिना अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपमा पहिलो पटक २० देशबीच प्रतिस्पर्धा हुदैछ […]

फ्रेजरलाई समेट्दै अस्ट्रेलियाको विश्वकप टोली घोषणा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) मा शानदार प्रदर्शनका कारण चर्चामा रहेका ज्याक फ्रेजरलाई समेट्दै आगामी जुनमा अमेरिका र वेस्ट […]