उपाधि लक्ष्य सहित ललितपुरको इपिएल तयारी ( फोटो फिचर )

Sandeep Lamichhane
  • विकेटनेपाल, मङ्सिर १८  – मंगलबार 

एभरेस्ट प्रिमियर लिग टिम ललितपुर प्याट्रिएट्स मङ्सिर २२ देखि टियु अन्तर्राष्ट्रिय मैदान किर्तिपुरमा सुरु हुने एभरेस्ट प्रिमियर लिग इपिएल टि-२० को तयारीमा जुटेको छ।

इपिएल अन्तर्गत ज्ञानेन्द्र मल्ल कप्तानीको ललितपुरले मङ्सिर २२ गते उद्घाटन खेलमा बिराटनगर वारियर्सको तथा २३ गते चितवन टाइगर्ससंग खेल्ने तालिका रहेको छ।

प्रतियोगिता सुरु हुने मिति नजिकिदै गर्दा आइतबार देखि टिमले आफ्नो तयारी थालेको टिमका प्रशिक्षक राजु बस्नेतले विकेटनेपाललाई बताएका छन्। बस्नेतका अनुसार नेपाली खेलाडीहरु केहि बाहेक अन्य सबै अभ्यास गरिरहेको र बाँकी नेपाली खेलाडी र बिदेशी खेलाडीहरु पनि मङ्सिर २० बिहिबारसम्म नेपाल आईपुग्ने छन्।

Coach Raju Basnyat
Coach Raju Basnyat

ललितपुर प्याट्रिएट्समा कप्तान मल्ल सहित सन्दिप लामिछाने, ललित राजबंशी, कुशल भुर्तेल, सन्दिप जोरा, राशिद खान, शंकर राना, पवन सर्राफ, सोनु तामांग जस्ता खेलाडीहरु रहेका छन्। प्याट्रिएट्सले बिदेशी खेलाडीको रुपमा सन्नी पटेल, जयकिशन कोल्सावाल र गौरभ तोमरलाई अनुबन्धित गरेको छ

Kushal Bhurtel
Kushal Bhurtel

भर्खरै युएईमा सम्पन्न टि-१० लिग खेलेर प्याट्रिएट्सकै लागि खेल्न स्टार नेपाली लेग स्पिनर सन्दिप लामिछाने पनि काठमाडौँ आईसकेका छन् र प्याट्रिएट्स टिमसंग अभ्यास गरिरहेका छन्। सन्दिप इपिएलको पहिलो २ खेल खेलेर डिसेम्बर १९ ( पुष ४ ) देखि सुरु हुने चर्चित अस्ट्रेलियन लिग बिग ब्यास खेल्न प्रस्थान गर्नेछन्।

इपिएल टि-२० को गत बर्षको संस्करणमा प्ले-अफ चरणको यात्रा गरेको प्याट्रिएट्स दोश्रो क्वालिफायरमा भैरहवा ग्ल्याडीएटर्ससंग ३ विकेटले पराजित हुँदै फाइनल पुग्न असफल रहेको थियो। लिग चरणमा भने प्याट्रिएट्सले ५ मध्ये २ खेलमा जित र ३ मा हार बेहोर्दै अंकतालिकामा तेश्रो स्थानमा रहेको थियो।

यो पटक आफ्नो टिम सन्तुलित रहेको र सन्नी पटेल, जयकिशन कोल्सावाला र गौरभ तोमर जस्ता ब्याट्सम्यानहरुको उपस्थितिले टिम उपाधि जित्ने बिश्वास प्रशिक्षक बस्नेतले देखाएका छन्।

फोटोहरुमा हेर्नुस ललितपुर प्याट्रिएट्सको अभ्यास :- 

Kushal Bhurtel
Yogendra Singh Karki
Yogendra Singh Karki
Lalit Rajbanshi
Lalit Rajbanshi
Sandeep Lamichhane
Sandeep Lamichhane

( फोटोहरु – ललितपुर प्याट्रिएट्स , फेसबुक )





थप समाचार

भक्तपुर क्रिकेट संघको साधारण सभा सम्पन्न

भक्तपुर जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीवार संघका अध्यक्ष डा. मनिष राज पाण्डेको अध्यक्षतामा एक […]

नेपाल पराजित

नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि […]

नेपाल पहिले ब्याटिङ गर्दै

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]

युएईको लगातार हार

आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]

नेपाल र ओमान खेल्दै

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]

क्यानडासँग हार्यो नेपाल

काठमाडौं । विश्वकप लिग टु को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । ओडिआई ईतिहासमा क्यानडासँग […]