ज्ञानेन्द्र मल्लको केसिटिसीले मनायो १०औं वर्षगांठ

  • विकेटनेपाल, पुष १४ , शनिवार 

नेपाली राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले संचालन गरेको काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टर (केसिटिसी) ले आफ्नो स्थापनाको १०औं वर्षगांठ मनाएको छ। केसिटिसीले काठमाडौँमा आज एक कार्यक्रमको आयोजना गर्दै आफ्नो १०औं वर्षगांठ मनाएको हो।

उक्त कार्यक्रममा केसिटिसीले आफ्नो एकेडेमीमा अभ्यास गर्दै यू१६, यू१९, राष्ट्रिय टोली तथा महिला राष्ट्रिय टोलीमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरुलाई पनि सम्मान गरेको थियो। त्यस्तै केसिटिसीको स्थापना देखि हाल सम्म सहयोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई पनि उक्त अवसरमा सम्मान गरिएको थियो।

सम्मान पाउने खेलाडीहरुमा राष्ट्रिय क्रिकेटर राजेश पुलामी, यु-१९ राष्ट्रिय क्रिकेटरहरु सुमित महर्जन, आदील खान, नन्दन यादब, सुर्य लामा रहेका छन्। यस्तै महिला राष्ट्रिय क्रिकेटरहरु बिनु बुढा मगर, सिता राना मगर, करुना भण्डारी र निमा तामांग पनि सो अवसरमा सम्मानित भए।





थप समाचार

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]