पहिलो खेलमा नै अमित श्रेष्ठको अर्धशतक, काठमाण्डौलाई १३३ को लक्ष्य

धनगढीमा आज देखि सुरु भएको तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गत पहिलो खेलमा धनगढी स्टार्सले काठमाण्डौ गोल्डेन्सलाई जितका लागि १३३ रनको लक्ष्य दिएको छ।

फाप्ला क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको धनगढी स्टार्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १३२ रनको स्कोर बनायो। उसका लागि अमित श्रेष्ठले पहिलो खेलमा नै अर्धशतक प्रहार गरे।

अमित श्रेष्ठले ५० रनको पारि खेल्दै बोल्ड आउट हुनुअघि ५० बलमा ४ चौका र २ छक्का प्रहार गरे।

Sandeep Rasaili

रोहन मुस्तफा खाता नखोल्दै रन आउट भएका थिए। धमलाले ३ रन बनाए भने सन्दिप रजाइलीले २८ रन (३५ बल, ४ चौका) को पारि खेल्दै अमितसँग तेस्रो विकेटको लागि ४८ रनको साझेदारी गरे।

त्यस्तै पवन सर्राफले १८ बलमा १ चौका सहित १९ रन बनाउँदा सौरभ खनालले उत्कृस्ट फिनिशिंग गरे। खनालले अविजित २५ रन बनाउन मात्र १० बलमा ३ चौका र १ छक्का हाने। सोमपाल कामि २ बल खेलेर बिना कुनै रन अविजित रहे।

बलिंगतर्फ काठमाण्डौका नन्दन यादवले ३ ओभरमा मात्र ८ रन खर्चेर २ विकेट लिए। त्यस्तै ललित राजबंशी र अंकित दबासले समान १/१ विकेट लिए।

(Feature Image: File)





थप समाचार

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]

नेपालको लगातार दोस्रो जित, एक खेल अगाबै सिरिज

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ […]