मलेसियासंग तेश्रो खेल खेल्दै नेपाल, यस्तो छ विश्वकप छनौटको सम्भावना

  • विकेटनेपाल, बैशाख-१ 

मलेसियामा जारि आईसीसी अन्डर-१९ विश्वकप छनौट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो तेश्रो खेलमा आयोजक मलेसियासंग खेल्दैछ। बायुमास ओभल मैदानमा हुने खेल नेपाली समय ७:४७ बजे बिहान र मलेसिया स्थानीय समय १० बजे बिहान सुरु हुनेछ।

प्रतियोगिताको पहिलो खेलमा सिंगापुरलाई २१७ रनले पराजित गरेको नेपालले दोश्रो खेलमा युएईसंग दुर्भाग्यपूर्ण तरिकाले १ रनको ( डी/एल मेथड ) हार बेहोर्यो। नेपालको जित्ने सम्भावना धेरै हुँदा हुँदै वर्षाको कारण युएईले फाइदा उठाएको थियो जसपछि नेपालको विश्वकप सम्भावना मुस्किल देखिएको हो।

अंक तालिकामा कुवेत र युएईले २ खेलमा दुई जित हात पार्दै ४ अंक बटुल्दै नेट रन-रेटको आधारमा पहिलो र दोश्रो स्थानमा रहेको छ। ओमान र नेपालले २ खेलमा १ जित र १ हार बेहोरेका छन् भने मलेसिया र सिंगापुरले खेलेको दुवै खेलमा हार बेहोरीसकेका छन्।

नेपाल सहित, मलेसिया, युएई, सिंगापुर, ओमान र कुवेत गरि ६ टिम सहभागी प्रतियोगिताको विजेता टिम २०२० जनवरीमा दक्षिण अफ्रीकामा अन्डर-१९ विश्वकपमा छनौट हुनेछ। प्रतियोगिता जित्नु बाहेक अन्य बिकल्प नेपालसंग नहुँदा युएईसंगको हार पछि अब नेपालले छनौटको आशा जगाई राख्न आगामी खेलहरु जित्नु पर्नेछ भने युएई र कुवेत दुवैको कम्तिमा एउटा हारको कामना गर्नु पर्नेछ। तुलनात्मक रुपमा मलेसिया, ओमान र सिंगापुर कमजोर रहेकोले उनीहरुलाई उपाधिको रेसमा यहाँ समावेस गरेका छैनौँ।

प्रतियोगिता अन्तर्गत सोमबार आयोजना हुने खेलहरुमा नेपालले मलेसियाको, कुवेतले युएईको तथा ओमानले सिंगापुरको सामना गर्दैछ। नेपालले कुवेतसंग १ खेल खेल्न बाँकी रहेको अवस्थामा यदी भोलिको खेलमा युएईलाई कुवेतले पराजित गरेको खण्डमा नेपालको सम्भावना पुनः प्रवल हुनेछ। युएई र कुवेतले कम्तिमा १/१ खेल हारेर नेपालले आगामी सबै खेल जितेको खण्डमा अन्तिममा नेट-रन रेटको आधारमा नेपाल, युएई र कुवेत मध्ये १ टिम विजेता हुने सम्भावना रहन्छ। तुलनात्मक रुपमा नेपालले अब कमजोर टिमसंग खेल्ने छ र नेट-रन रेट पनि राम्रो हुँदा नेट-रन रेटमा नेपाल अघिनै रहने सम्भावना रहन्छ।

प्रतियोगितामा नेपाल, युएई र कुवेतले खेल्न बाँकी खेलहरु :- 

नेपालको – मलेसिया, कुवेत र ओमानसंग
युएईको – कुवेत, ओमान र सिंगापुरसंग
कुवेतको – युएई, नेपाल र मलेसियासंग

यदी भोलि युएईलाई कुवेतले पराजित गर्छ र नेपालले मलेसियालाई पराजित गरेको खण्डमा नेपालले कुवेतसंग जित निकाल्नु पर्नेछ। प्रा]तियोगितामा अब नेपालले मलेसिया, ओमान र कुवेतसंग खेल्न बाँकी रहेको छ।

पराजित गर्ला त युएईलाई कुवेतले ? 

प्रतियोगितामा कुवेतले २ खेलमा २ जित निकाल्ने क्रममा पहिलो खेलमा ओमानलाई ८ विकेटले तथा दोश्रो खेलमा सिंगापुरलाई पनि ८ विकेटलेनै सहजै पराजित गरेको छ।

ओमानले दिएको १०६ रनको लक्ष्य कुवेतले २० औं ओभरमा २ विकेट गुमाएर तथा सिंगापुरले दिएको ९४ रनको लक्ष्य २३ औं ओभरमा २ विकेटनै गुमाएर पुरा गरेको थियो। दुवै खेलमा कुवेतले राम्रो बलिङ्ग प्रस्तुत गरेको थियो। ओमानले ३४.२ ओभरमा र सिंगापुर ४३.५ ओभरमा अल-आउट भएको थियो।

इतिहासको कुरा गर्ने हो भने पछिल्लो पटक कुवेत र युएई अन्डर-१९ टिमले सन् २०१६ को विश्वकप छनौट एसिया डिभिजन-२ प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए। उक्त खेलमा युएईले कुवेतलाई ९ विकेटले पराजित गरेको थियो। अन्तिम-३ प्रतिस्पर्धाको कुरा गर्ने हो भने युएईलाई कुवेतले पराजित गरेको छैन।

प्रतियोगिताको फर्मको कुरा गर्ने हो भने कुवेतले युएईलाई पराजित गर्ने सम्भावना त देखिन्छ तर पछिल्लो समय सुधारिएको युएईको फर्म हेर्दा कुवेतको जित सहज भने छैन।

नेपालले २०२० अन्डर-१९ विश्वकप खेल्न अब भाग्यमा पनि भर पर्नु पर्नेछ। भाग्यको कुरा गर्ने हो भने नेपालले बिगतमा ठुलो साथ पाएको इतिहास छ। तसर्थ अब नेपालले आगामी सबै खेल जित्ने र बाँकी खेलमा युएई र कुवेतले कम्तिमा १ खेल हार्ने कामना गरौँ।

प्रतियोगितामा हालसम्मका नतिजाहरु :- 

नेपाल :- सिंगापुरसंग २१७ रनको जित, युएईसंग १ रन ( डी/एल मेथड ) को हार
कुवेत :- ओमनसंग ८ विकेटको जित, सिंगापुरसंग ८ विकेटको जित
युएई :- मलेसियासंग ५ विकेटको जित , नेपालसंग १ रन ( डी/एल मेथड ) को जित
ओमान :- कुवेतसंग ८ विकेटको हार, मलेसियासंग ४६ रनको जित
सिंगापुर :- नेपालसंग २१७ रनको हार, कुवेसंग ८ विकेटको हार
मलेसिया :- युएईसंग ५ विकेटको हार, ओमनसंग ४६ रनको हार





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]