अजय देभ एक्लैले लिए ६ विकेट, प्रदेश-३ को सहज जित

  • विकेटनेपाल, बैशाख-१८ 

अन्तर-प्रदेश मनमोहन मेमोरियल अन्डर-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता काठमाडौँमा सुरु भएको छ।

मनमोहन मेमोरियल क्रिकेट सेन्टरले आयोजना गरेको प्रतियोगिता अन्तर्गत पहिलो दिन प्रदेश-३ ले गण्डकी प्रदेशलाई ८ विकेटले पराजित गर्यो।

Province-3 U16 Team

टियु मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिंग गरेको गण्डकी प्रदेशले निर्धारित ३० ओभरको खेलमा २७.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर ९९ रन मात्रै बनाउन सक्यो।

प्रदेश-३ का बलर अजय देभ एक्लैले ६ विकेट हात पार्दै गण्डकीको ब्याटिंग लाइन अप धरासायी पारे। देभले ५.५ ओभरमा २४ रन खर्चे।

१८ ओभर सम्म ६४/२ को राम्रो अवस्थामा रहेको गण्डकीले त्यसपछि लगातार विकेट गुमाउने क्रममा थप ३५ रन जोड्दा बाँकी ८ विकेट गुमाउन पुग्यो।  ओपनर तथा यु-१६ राष्ट्रिय क्रिकेटर अर्जुन कुमालले १६, अभिशेक थापाले २२ तथा अनित बरालले १७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

१०० रनको लक्ष्य पाएको प्रदेश-३ ले १६.५ ओभरमा मात्र २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। यु-१६ राष्ट्रिय क्रिकेटर अइस भट्टराईले अविजित ५९ तथा अभिषेक उपाध्यायले अविजित ३५ रन बनाउदै टिमलाई सहज जित दिलाए। अइसले ५७ बलमा ६ चौका तथा अभिषेकले ३५ बलमा ४ चौका प्रहार गरे। दुवैले तेश्रो विकेटको लागि १०१ रनको अविजित साझेदारी गरे।

खेलको प्लेयर अफ द म्याच अजय देभ चुनिए।

Ajay Dev man of the match

प्रतियोगिता अन्तर्गत बिहिबार २ खेल हुनेछन्। पहिलो खेलमा कर्णाली प्रदेश र प्रदेश-३ तथा दोश्रो खेलमा गण्डकी प्रदेश र प्रदेश-७ ले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिता बैशाख १८ देखी २४ गते सम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा सहभागी सात टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट प्रणालीमा खेलाईएको छ । दुई समूह मध्येका शीर्ष दुई टोली सेमिफाईनलमा प्रवेश गर्ने छन् । समूह ‘ए’ मो प्रदेश ७, गण्डकी प्रदेश, प्रदेश ३ र कर्णाली प्रदेश रहेका छन् भने समूह ‘बी’ मा प्रदेश २, प्रदेश १ र प्रदेश ५ रहेका छन्।

प्रतियोगिताको विजेता टोलीले ५ लाख प्राप्त गर्ने छ । विजेताले २ लाख ५० हजार नगद साथै २ लाख ५० हजारको खेलकुद सामग्री प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै उप विजेता टोलीले १ लाख २५ हजार नगद र सो सरहको खेलकुद सामग्री पाउने आयोजकले जनाएको छ ।

 





थप समाचार

अनिल र आशिफको अर्धशतकमा नेपाल विजयी

काठमाडौं । ओपनर आशिफ शेख तथा अनिल शाहको अर्धशतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ […]

अन्तिम खेल जित्न नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेल जित्न नेपालले १ सय ७३ रनको […]

नेपालले टस हार्यो, नेपाली टिममा दुई परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पाँचौ खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि अमेरिका र वेस्ट इन्डिजको टोली घोषणा

काठमाडौं । आगामी जुनमा आयोजना हुने टी-२० विश्वकपको संयुक्त आयोजक रहेका अमेरिका र वेस्ट इन्डिजले विश्वकपका लागि टोली घोषणा गरेका […]

वेस्ट इन्डिज ए सँगको अन्तिम खेल आज

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा […]

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]