अफगानिस्तानको लज्जास्पद ब्याटिंग

२०७६ जेष्ठ ३२, शनिबार २२:३४

इंग्ल्याण्डमा जारि एकदिवसीय विश्वकप अन्तर्गत २१ औं खेलमा दक्षिण अफ्रीकासंग अफगानिस्तान १२५ रनमै समेटिन पुगेको छ।

कार्डिफमा जारि खेलमा टस हारेर पहिले ब्याटिंग गरेको अफगानिस्तानले ३४.१ ओभरमा सम्पूर्ण विकेट गुमाउन पुग्दा दक्षिण अफ्रिकी लेग स्पिनर ताहिरले सर्वाधिक ४ विकेट लिए।

५६/२ ( १५.२ ओभर ) को अवस्थामा रहेको अफगानिस्तानले त्यसपछि लगातार विकेट गुमाउन पुग्यो। ओपनर हज्रतुल्लाह जजईले २२ तथा नुर अलि जद्रानले ३२ रन बनाएपछि अफगानिस्तान मध्यक्रमले कमजोर प्रदर्शन गर्यो।

५६/२ बाट अफगानिस्तानले २१ रन जोड्दा थप ४ विकेट गुमाउन पुग्यो र ७७/७ ( २५.२ ओभर ) को अवस्थामा पुग्यो।

राशिद खानले आक्रामक ब्याटिंग गर्दै २५ बलमा ६ चौका मदतले ३५ रन बनाउदा अफगानिस्तानले १०० रन पार गर्न सक्यो। रशिदलाई ताहिरले आउट गरे।

दक्षिण अफ्रिकी लेग स्पिनर ताहिरले ४ विकेट लिन ७ ओभरमा २९ रन खर्चिए। यस्तै क्रिस मोरिसले ३ ( ६.१-२-१३-३ ) , एन्डीले फेलुक्वायोले २ ( ८-१-१८-२ ) तथा कागीसो रबाडाले ( ८-१-३६-१ ) ले १ विकेट लिए।

प्रतियोगितामा दक्षिण अफ्रीका र अफगानिस्तानले हालसम्म जित दर्ता गर्न सकेका छैनन्। दक्षिण अफ्रीकाले ४ खेलमा ३ हार बेहोर्द १ खेल नतिजाविहिन रहेको थियो भने अफगानिस्तानले खेलेको ३ वटै खेलमा हार बेहोरीसकेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy