सन्दिपको बलमा पोलार्डको छक्का वर्षा, कर्नाटका पराजित

युएईमा जारि टि-१० लिग अन्तर्गत आफ्नो तेश्रो खेलमा सन्दिप लामिछानेको टिम कर्नाटका टस्कर्सले डेक्कन ग्ल्याडीएटर्ससंग हार बेहोरेको छ।

लिग अन्तर्गत पहिलो खेलमा दिल्ली बुल्सलाई १९ रनले पराजित गरेको कर्नाटकाले दोश्रो खेलमा बाङ्ग्ला टाइगर्ससंग हार बेहोरेको थियो।  ३ खेलमा १ जित र २ हार पछि समुह ‘ए’ अंकतालिकामा कर्नाटका २ अंकसहित तेश्रो स्थानमा रहेको छ। डेक्कन भने ३ खेलमा २ जित र १ हार पछि ४ अंक बटुल्दै पहिलो स्थानमा उक्लियो।

सेख जायद स्टेडियममा सम्पन्न खेलमा पहिले ब्याटिंग गर्दै कर्नाटकाले १० ओभरमा ३ विकेट गुमाएर ११० रन बनाएको थियो। उसको लागि कप्तान हाशिम अमलाले अविजित ३२ रन ( १९ बलमा ४ चौका ) तथा ओपनर जोंन्सन चार्ल्सले सर्वाधिक ३५ रन ( १८ बलमा ५ चौका र १ छक्का ) बनाएका थिए। इभिन लुइसले २३ रन बनाए।

१११ रनको लक्ष्य डेक्कनले मात्र ८.३ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो। पहिलो ४ विकेट ३७ रन बनाउदै गुमाएको डेक्कनलाई काइरन पोलार्डले विस्फोटक इनिंग खेल्दै जितसम्म पुर्याएका थिए। उनले मात्र २२ बलमा १ चौका र ४ छक्का प्रहार गरे। भानुका राजपक्षले ७ बलमा २ चौका र ३ छक्का मदतले २७ रन बनाए।

कर्नाटकाको बलिङ्गमा शपुर जद्रानले सर्वाधिक २ तथा मालिन्दा पुस्पकुमारा, प्याट्रिक ब्राउन र एहमद राजाले १/१ विकेट लिए। नेपाली स्पिनर सन्दिप लामिछाने भने विकेट विहिन रहे।

सन्दिपको बलिङ्गमा पोलार्डको छक्का वर्षा 

पहिलो ओभर – ५ रन ( २ , ० , १ , १ , १ , ० )

खेलको चौथो ओभरमा बलिङ्ग गर्न आएका सन्दिपले उत्कृस्ट बलिङ्ग गरे। स्ट्राइकमा रहेका पोलार्ड र देभसिचले खुलेर ब्याटिंग गर्न सकेनन्। गुल्गी र लेग स्पिनको सन्दिपले राम्रो मिश्रण गरे।

दोश्रो ओभर – ३० रन ( ६ , ६ , ६ , ६ , ४ , २ )

पहिलो ओभर राम्रो गरेपछि दोश्रो ओभर लगत्तै स्पेलमा बलिङ्ग गर्न आएका सन्दिपलाई काइरन पोलार्डले निरिह सावित गरे। ओभरको पहिलो बलमा डिप मिड विकेट माथि छक्का प्रहार गर्दै सुरुवात गरेका पोलार्डले त्यसपछि लगातार छक्का प्रहार गरे। लगातार एउटै दिशामा पोलार्डले आफ्नो बलको उपयोग गरेर छक्का प्रहार गरे।

सन्दिपको सोहि ओभरको बलमानै डेक्कनले खेल जित्न सफल भयो। २ ओभरमा सन्दिपले ३५ रन खर्चिए।

दोश्रो महँगो स्पेल 

टि-१० लिग करियरमा सन्दिपको यो दोश्रो सबैभन्दा खराब स्पेल हो। गत सिजन केरला नाइट्सको लागि खेल्ने क्रममा सन्दिपले नर्थर्न वारियर्स बिरुद्ध २ ओभरमा ४७ रन खर्चिएका थिए। उक्त खेलमा सन्दिपलाई आन्द्रे रसेलले लगातार ३ छक्का प्रहार गरेका थिए। यस्तै निकोलस पुरनले कुल ४ छक्का प्रहार गरेका थिए।

लिग अन्तर्गत सन्दिपले यस अघि खेलेको २ वटा खेलमा भने राम्रो प्रदर्शन गरेका थिए। पहिलो खेलमा दिल्ली बुल्ससंग १९ रन खर्चेर १ विकेट लिएका सन्दिपले दोश्रो खेलमा ११ रन खर्चेर २ विकेट लिएका थिए।





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]