एमएम कप : सागरले घातक बलिंग गर्दा सुदुरपश्चिमलाई पराजित गर्दै पुलिस फाइनलमा

नेपाल पुलिस क्लब सुनसरीको इनरुवामा जारि मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनलमा पुगेको छ।

बिहिबार सम्पन्न सेमीफाइनलमा सुदुर पश्चिमलाई ९९ रनले पराजित गर्दै पुलिसले फाइनलमा अर्को विभागीय टोलि त्रिभुवन आर्मी क्लबसंग भेट पक्का गरेको हो। आर्मीले पहिलो सेमीफाइनलमा प्रदेश नम्बर ३ लाई बुधबार पराजित गरेको थियो। उपाधिको लागि शनिवार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी बीच प्रतिस्पर्धा हुनेछ।

खेलमा पहिले ब्याटिंग गर्दै नेपाल पुलिस क्लबले दिएको २ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा सुदुर पश्चिमले ३३.४ ओभरमा १ सय ३० रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो। स्कोरकार्ड 

Kiran Thagunna

सुदुरपश्चिमको किरन ठगुन्नाले सर्वाधिक ३९ रन बनाए। आकाश चन्दले अविजित २३ , गजेन्द्र बोहराले १२ तथा खडक बोहराले १४ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। अरुन ऐरीले ६, लोकेश बमले ८ रन बनाए भने शेर मल्ल र दिपक बोहराले खाता खोल्न सकेनन्। कप्तान सन्तोष भट्टले १ रन मात्र बनाए।

सुदुरपश्चिमलाई सानो योगफलमा समेट्न पुलिसका देब्रे हाते स्पिनर सागर ढकालले ५ विकेट लिए। ६.४ ओभर बलिंग गर्दै ढकालले १ मेडन ओभर सहित ९ रन मात्र खर्चिए। यस्तै अर्का देब्रे हाते स्पिनर ललित राजबंशीले ३ विकेट लिए भने ललित भण्डारी र योगेन्द्र सिंह कार्कीले १/१ विकेट लिए।

Sagar Dhakal

यस अघि टस जितेर ब्याटिंग गरेको नेपाल पुलिस क्लबले ४९ ओभरमा सबै विकेट गुमाएर २२९ रन बनाएको थियो।

पुलिसको लागि दिपेन्द्र ऐरीले सर्वाधिक ६८ रन बनाए जुन क्रममा ७६ बलमा ६ चौका र १ छक्का प्रहार गरे। ललित सिंह भण्डारीले ४० रन बनाए जुन क्रममा ४ छक्का र २ चौका प्रहार गरे। अनिल साहले ३१, योगेन्द्र सिंह कार्कीले २९ तथा कुशल भुर्तेलले १७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

Dipendra Airee

सुदुरपश्चिमको बलिंगमा शेर मल्ल, बिनोद लामा र आकाश चन्दले समान ३ विकेट लिए। सन्तोष भट्टले १ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच सागर ढकाल चुनिए।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]