इंग्ल्यान्डको सिरिज जितमा ब्रड प्लेयर अफ द सिरिज

भ्रमण टोलि वेस्टइन्डिजलाई २६९ रनले सहजै पराजित गर्दै इंग्ल्यान्डले तिन वटा टेस्टको सिरिज २-१ ले आफ्नो नाम गरेको छ। सिरिज अन्तर्गत पहिलो टेस्ट वेस्टइन्डिजले ४ विकेटले तथा दोश्रो टेस्ट ११३ रनले इंग्ल्यान्डले जितेको थियो।

इंग्ल्यान्डले दिएको ३९९ रनको लक्ष्य पछ्याउने क्रममा वेस्टइन्डिजले दोश्रो इनिंगमा १२९ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो। वेस्टइन्डिजको लागि शाइ होपले सर्वाधिक ३१ रन बनाए भने जर्माइन ब्ल्याकवुडले २३, शामराह ब्रुक्सले २२ तथा क्रेग ब्राथवेटले १९ रन बनाए।

वेस्टइन्डिजलाई सस्तोमा समेट्न इंग्ल्यान्ड तिब्र गति बलर क्रिस वोक्सले ५ विकेट ( ११-०-५०-५ ) तथा स्टुवार्ट ब्रडले ४ विकेट ( ८.१-१-३६-४ ) लिए। यस क्रममा ब्रडले टेस्ट क्रिकेटमा ५ सयौं विकेट पनि पुरा गरे।

पढ्नुस ब्रडले पुरा गरे ५ सय विकेट, किर्तिमान बनाउने विश्वको ७ औं बलर

टेस्टमा टस हारेर ब्याटिंग गरेको इंग्ल्यान्डले पहिलो इनिंगमा ३६९ रन बनाएको थियो। वेस्टइन्डिजले पहिलो इनिंगमा १९७ रन बनाएको थियो। इंग्ल्यान्डले दोश्रो इनिंगमा २२६/२ को योगफलमा इनिंग समाप्तिको घोषणा गर्दै ३९९ रनको लक्ष्य दिएको थियो। चौथो दिनको खेल १ बल पनि नखेली रद्द भएता पनि पाँचौ दिन इंग्ल्यान्डले जित हाँसिल गर्यो।


ब्रड प्लेयर अफ द सिरिज घोषित 

पहिलो टेस्टमा टिम बाहिर राखिएका ब्रडले दोश्रो र तेश्रो टेस्टमा शानदार प्रदर्शन गरेपछि प्लेयर अफ द सिरिज घोषित भए। उनले दोश्रो टेस्टमा ६ विकेट लिएका थिए भने तेश्रो टेस्टमा १० विकेट लिनुको साथै विस्फोटक ब्याटिंग गर्दै ६२ रन समेत बनाए। दोश्रो टेस्टको प्लेयर अफ द म्याच पनि ब्रडनै घोषित भए।

ट्रेन्डिंग न्युज 

सेप्टेम्बरमा नामिबियामा त्रिकोणात्मक सिरिज खेल्न आईसीसीद्वारा नेपाललाई प्रस्ताव

आईसीसीद्वारा २०२३ विश्वकप छनौटको लागि नयाँ लिगको घोषणा, पढ्नुस नेपालको विश्वकप छनौट हुने बाटो





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]