नेपालले दुई बलमै जितेको खेल

Mehboob Alam

मलेसियाको क्लब अमन मैदानमा एसीसी ट्रफीको समुह चरणको आफ्नो चौथो खेलमा नेपाल खेल्दै थियो म्यानमारसंग। मिति थियो २० अगस्ट २००६। नेपाल प्रतियोगिताको अघिल्लो ३ खेलमा हंगकंग, भुटान र कुवेतलाई सजिलै हराऊदै एसीसी ट्रफी जित्ने अभियानमा थियो। क्रिकेट इतिहासमै पहिलो पटक भिड्दै थिए नेपाल र म्यानमार।

नेपालले टस जित्यो र कप्तान बिनोद दासले पहिले बलिंग गर्ने निर्णय गरे। ओपनिंग बलिंगमा आए मेहबुब आलम। पहिलो बलमै विकेट !

आलमबाट त्यो काम अस्वभाविक थिएन। म्यानमार ओपनर ओमर खाता नखोली आलमको एलबिडब्लु धरापमा परे। म्यानमारको स्कोर ०/१।चौथो बलसम्म खाता खोल्न नसकेको म्यानमारलाई आलमले अर्को झट्का दिए। यसपालि उनले म्यानमार ब्याट्सम्यान मोहम्मदको स्टम्प उडाईदिए। स्कोर पुग्यो ०/२

Binod Das
प्रतियोगिताको अर्को एक खेलमा बलिङ्ग गर्दै बिनोद दास ( Photo – ACC )

आलम रोकिएनन्, आफ्नो स्पेलको दोश्रो ओभरको पहिलो र पाँचौ बलमा विकेट लिंदै म्यानमारको योगफल र विकेट बराबर बनाईदिए। अब्दुल रहमानको स्टम्प ढालेका आलमले शरजिललाई राजु बस्नेतको हातबाट क्याच थमाए। ४ रनमै ४ वटै विकेट गुमाएको म्यानमार गम्भीर संकटमा पुग्यो।

आलमको लय निरन्तर रह्यो, सातौँ ओभरको दोश्रो र पाँचौ बलमा छैठौं र सातौँ नम्बरका ब्याट्सम्यानलाई पनि पाखा लगाईदिए। योगफल पुग्यो ७ रन ६ विकेटको नोक्सानी।

कप्तान बिनोद दास पनि कम कहाँ थिए र ? दासले पनि २० बल खेल्दै १ रन बनाएर अवरोध बनिरहेका ओपनर जर्कारीयालाई पछिल्लो ६ ब्याट्सम्यानकै बाटो देखाईदिए। स्कोर पुग्यो ७.५ ओभर ८ रन ७ विकेटको क्षेतीमा।

नेपाल अचम्मको इतिहास नजिक थियो। ८ रन बन्दा ७ जना ब्याट्सम्यान गुमाएको म्यानमारलाई बिनोद दासले दया गरेनन्। ८ बलमा १ रन बनाई इज्जत ढाक्ने प्रयासमा रहेका जिन मिन पनि उखालिएको स्टम्प हेर्दै पेभेलियन फर्किए। ९ रनमै गुम्यो म्यानमारको ८ विकेट,  १० ओभरको समाप्ति।

प्रतियोगिताकै एक अन्य खेलमा बलिङ्ग गर्दै मेहबुब आलमको अपिल ( Photo – ACC )

बाँकी थियो २ विकेट र झरेका सबै ८ विकेट थियो आलम र दासको नाम। नवौं विकेटको रुपमा बिनोद दासले युसुफलाई १२ औ ओभरको दोश्रो बलमा आकाश गुप्तालाई क्याच थमाए। बाँकी थियो १ विकेट, आलमले ए मिन थानको बल छुने प्रयास असफल बनाईदिए। बोल्ड !
म्यानमार १० रनमै अल आउट।

खेलको ६.१ ओभर बलिंग गर्दै ३ मेडन ओभर गर्दै ३ रन खर्चेर ७ विकट लिएका मेहबूब आलम म्यान अफ द म्याच घोषित भए। ६.१-३-३-७ को स्पेल आलमको करियरको तेश्रो उत्कृस्ट स्पेल थियो। उनले सन् २००८ मा मोजाम्बिक बिरुद्ध एकै इनिंग्समा १० विकेट ( ७.५-१-१२-१० ) तथा सन् २००३ मा माल्दिभ्स बिरुद्ध ८ विकेट लिएका थिए।

प्रतियोगितामा लज्जास्पद प्रदर्शन गरेको म्यानमारको त्यो नै पहिलो र अन्तिम एसीसी ट्रफी प्रतियोगिता बन्न पुग्यो।

प्रतियोगितामा नेपालले भने सेमीफाइनलमा युएईसंग ९ विकेटले पराजित हुन पुग्यो। फाइनलमा युएईले हंगकंगलाई ५ विकेटले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको थियो। तेश्रो स्थानको लागि भएको प्लेअफमा पनि नेपालले ६४ रनको हार बेहोर्न पुगेको थियो।

म्यानमारको ब्याटिंग स्कोरकार्ड 

म्यानमारको ब्याटिंग कार्ड

यो पनि पढ्नुस :- 

आरिफ शेखको ६ उत्कृस्ट ब्याटिंग प्रदर्शन

विदेशी लिगमा सन्दिपको ९ उत्कृस्ट बलिङ्ग स्पेल

अविनाश बोहराको ४ उत्कृस्ट बलिंग प्रदर्शन

मेहबुब आलमले विश्वचकित बनाएको दिन





थप समाचार

कर्पोरेट सुपर सिक्सेस सिजन–७ सम्पन्न, माछापुच्छ्रे बैंक च्याम्पियन, आइसिएफसी उपविजेता

काठमाडौं, वैशाख २४– माछापुच्छ्रे बैंकले मंगलबार नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जितेको छ । मूलपानी क्रिकेट मैदानमा मंगलबार […]

विश्वकपका लागि युगान्डा र स्कटल्यान्डको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका तथा वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी२० विश्वकपका लागि युगान्डा र स्कटल्यान्डको […]

सुर्यकुमारको शतकमा मुम्बईको सहज जित

काठमाडौं । सूर्यकुमार यादवको शतकको सहयोगमा मुम्बई इण्डियन्सले १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार सनराइजर्स हैदराबाद माथि […]

कर्पोरेट सुपर सिक्सेस सिजन–७ को क्वार्टरफाइनल समीकरण तय

काठमाडौं, वैशाख २४– माछापुच्छ्रे बैंक र एनसेल लिजेन्ड्स जारी कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा समूहचरणको खेलमा अपराजित रहँदै क्वार्टरफाइनलमा पुगेका […]

पञ्जाबमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५३ औं खेलमा चेन्नई सुपर किंग्सले पञ्जाब किंग्समाथि सहज जित […]

सातौँ सिजनको नेकोस कर्पोरेट सुपर सिक्सेज सुरु : एनआईसी एसियाको दोहोरो जित

काठमाडौँ, वैशाख २३- सातौँ संस्करणको नेकोस कर्पोरेट सुपर सिक्सेज २०२४ काठमाडौँको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ। प्रतियोगिता अन्तर्गत […]