प्रम कप : आर्मीको लगातार तेश्रो जित

काठमाडौँमा जारि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत छैठौं दिन समुह ‘ए’ अन्तर्गतको खेलमा त्रिभुवन आर्मी क्लबले प्रदेश-१ लाई ४ विकेटले पराजित गर्दै लगातार तेश्रो जित दर्ता गरेको छ। प्रदेश-१ को यो लगातार तेश्रो हार हो भने आर्मीको तेश्रो जित हो। आर्मीले यस अघि गण्डकी प्रदेश र कर्णाली प्रदेशलाई पराजित गरेको थियो।

मुलपानी माथिल्लो मैदानमा सम्पन्न खेलमा प्रदेश-१ ले दिएको १३२ रनको लक्ष्य आर्मीले २९.५ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो।

आर्मीको लागि रोहित पौडेलले सर्वाधिक ३६ रन, भिम शार्कीले २९ रन तथा राजेश पुलामीले २४ रन बनाए।

लक्ष्य पछ्याउने क्रममा आर्मीको सुरुवात खराब रहेको थियो। ओपनर अनिल मण्डल पहिलो बलमै खाता नखोली रन आउट भए। छैठौं ओभरमा लोकेश बमलाई ज्ञानेन्द्र श्रेष्ठले स्टम्प आउट गराए। नवौं ओभरमा कप्तान बिनोद भण्डारीलाई फिर्दोश अन्सारीले स्टमप् आउट गराए। हरि बहादुर चौहानलाई दिपेश कंडेलले १३ औं ओभरमा स्टम्प आउट गराए।

४१/४ को अवस्थाबाट पाँचौ विकेटको लागि रोहित पौडेल र भिम शार्कीले ५० रनको साझेदारी गरे। १९ औं ओभरमा रोहितलाई शुभांकर उरावले स्टम्प आउट गर्दै प्रदेश-१ लाई खेलमा फर्काए। तर त्यसपछि भिमले राजेश पुलामीसंग छैठौं विकेटको लागि ३८ रनको साझेदारी गर्दै टिमलाई जित नजिक पुर्याए। भिम ३० औं ओभरमा रन आउट भए।

प्रदेश-१ को बलिंगमा फिर्दोश अन्सारी, ज्ञानेन्द्र श्रेष्ठ, दिपेश कंडेल र शुभांकर उरावले समान १ विकेट लिए।

शाहब आलमले ४ विकेट लिए

यस अघि टस जितेर ब्याटिंग रोजेको प्रदेश-१ ले ४१.१ ओभरमा सबै विकेट गुमाएर १३१ रन बनाएको थियो।

प्रदेश-१ को ब्याटिंगमा बिबेक मेहताले सर्वाधिक ५० रन बनाए भने फिर्दोश अन्सारीले ३२, दिपक पासवानले १९ तथा दिपेश कंडेलले ११ रन योगदान दिए।

२९ रनमा ३ विकेट गुमाएको अवस्थामा चौथो विकेटको लागि बेबेक र फिर्दोशले ७७ रनको साझेदारी गर्दै टिमको योगफल १०० पार गराएका थिए। तर त्यसपछि आर्मीका स्पिनर श्हब आलम खेलमा हावी हुँदा आर्मीले लगातार विकेट गुमाउन पुग्यो।

१०६/३ को अवस्थाबाट प्रदेश-१ ले थप २५ रन जोड्दा बाँकी ७ विकेट गुमाउन पुग्यो।

आर्मीको बलिंगमा शाहब आलमले सर्वाधिक ४ विकेट लिए भने आकाश चन्दले ३ विकेट लिए। सुशन भारि, भिम शार्की र राजेश पुलामीले समान १ विकेट लिए।

स्कोरकार्डअंकतालिकाखेलतालिका 





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]